नेपाली भाषा

चङ श्याउ यींग

   

प्राध्यापक चङ श्याउ यींग चीनको पहिलो महिला स‌गीत निर्देशक हुनुहुन्छ। उहाँ चिनियाँ ओपेराका प्रथम स‌गीत निर्देशक, केन्द्रीय संगीत अध्ययन संस्थानको संगीत निर्देशन सेवाका प्रमुख हुनुहुन्थ्यो। अहिले उहाँ व्यावसायिक सिम्फोनी आर्केष्ट्राका प्रथम संगीत निर्देशक हुनुहुन्छ। सन् 1981 मा उहाँले सास्कृति मन्त्रालयद्वारा वितरण गरिएको श्रेष्ठ संगीत निर्देशकको पुरस्कार पाउनुभएको थियो। सन् 1985 मा उहाँले फ्रान्सको साहित्य तथा कला सम्बन्धी मानार्थ पदक प्राप्त गर्नुभएको थियो।

श्रीमति चङ श्याउ यींगले सन् 1947 मा चिंग लिंग महिला विश्वविद्यालय अन्तर्गत जीव विज्ञान तथा संगीत सेवामा पढ्नुभएको थियो। सन् 1948 मा उहाँले मुक्ति क्षेत्र गई स‌ङ्गीत कला टोलीमा काम गर्नुभएको थियो। सन् 1952 मा उहाँले चिनियाँ केन्द्रीय संगीत अध्ययन संस्थानमा संगीत सिर्जना कार्य सिक्नुभयो। सन् 1955 मा उहाँले संगीत निर्देशन सिक्न शुरु गर्नुभयो। सन् 1960 मा उहाँले पहिलेको सोभियत संघ गई मास्कोस्थित छाइकोभस्की संगीत अध्ययन संस्थानमा पढ्नुभएको थियो। उहाँको प्रमुख ओपेरा तथा संगीत निर्देशन थियो। सन् 1962 मा उहाँले इटलीको

चङ श्याउ यींग

ओपेरा टोस्काको निर्देशन गरी सफलता प्राप्त गर्नुभयो। उहाँलाई चीनको सबैभन्दा श्रेष्ठ सं‌गीत-निर्देशकहरुमध्येका एक मानिएको छ।

सन् 1978 देखियता श्री मति चङ श्याउ यींग चीनका महत्वपूर्ण संगीत प्रदर्शनका संगीत निर्देशक बन्नुभएको छ। उहाँले《सयौं दुलाहा》, 《कारमन》, 《फिकारोको विवाह》लगायतका चीन र विदेशका ओपराको निर्देशन गरी प्रदर्शन गर्नुभएको छ। उहाँले चिनियाँ केन्द्रीय संगीत टोली, चीनको प्रसारण सिम्फोनी आर्केष्ट्रा, चीनको केन्द्रीय ओपेरा लगायतका दशवटाभन्दा बढी सिम्फोनी आर्केष्ट्रासँग सहयोग गरी संगीत समारोहको आयोजना गर्नुभएको छ। उहाँको निर्देशनमा रहेका केही ओपेरा, जस्तै: 《सयौं दुलाहा, 《कारमन》र केही चिनियाँ सिम्फोनी तथा ओपेराहरुलाई डिस्कमा रेकर्ड गरेर स्वदेश र विदेशमा बिक्री गरिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान