नेपाली भाषा

लिउ थिएन व्हा

   

श्री लिउ थिएन व्हाको जन्म सन् 1895 मा च्याङ्ग सु प्रान्तको चिआन यन् जिल्लामा भएको थियो र देहान्त सन 1932 मा। उहाँ चीनका प्रसिद्ध सङ्गीतकार र शिक्षाशास्त्री हुनुहुन्थ्यो। साथै चीनको जातीय सङ्गीतको इतिहासमा पनि उहाँको नाम छ।

श्री लिउ थिएन व्हाका बुवा एकजना सामान्य बुद्धिजिवी हुनुहुन्थ्यो। लिउ परीवारमा तीनजना छोरा थिए। ती तीनैजना चीनको साँस्कृतिक इतिहासमा एकदमै नाम चलेका प्रसिद्ध व्यक्तित्व हुनुहुन्थ्यो। श्री लिउ थिएन व्हाका दाजु लिउ पान नुङ्ग युवा अवस्थादेखि नै चीनको नयाँ साँस्कृतिक क्रान्तिमा सहभागी हुनुभएको थियो। उहाँ प्रसिद्ध साहित्यकार, कवि एवम् भाषाविद हुनुहुन्थ्यो। यस्तो अगाध साँस्कृतिक वातावरणयुक्त परीवारमा जीवन विताउनुभएको श्री लिउ थिएन व्हाले माध्यमिक विद्यालयमा अध्ययन गर्दा कक्षा सकिएपछि पश्चिमी मुलुकका बाजा बजाउन थाल्नुभएको थियो। सन 1921 मा उहाँ शाङ्ग हाईमा व्यवसायी वादन दलमा संलग्न हुनुभएको थियो र नियमित रुपमा सङ्गीत सम्बन्धी सिद्धान्त, पिआनो, बेला जस्ता बाजा बजाउन सिक्नुभएको थियो।

सन् 1914 मा उहाँ आफ्नो जन्मथलो फर्कनुभयो र स्थानीय माध्यमिक विद्यालयमा सङ्गीत पढाउन शुरु गर्नुथियो। दुर्भाग्यवश सन् 1915 मा उहाँका बुवाको देहान्त भयो। दुःखको समुद्रमा डुब्नुभएका श्री लिउ थिएन व्हाले "विरामीको कुरा"शीर्षकमा आफ्नो पहिलो "अर हु" बाजा सङ्गीतको रचना गर्नुभएको थियो। उहाँले सङ्गीतमार्फत समाजमा विद्यमान असमानताप्रति असन्तुष्टी प्रदर्शन गर्नुभएको यो पहिलो पटक थियो। त्यसपछि उहाँ सङ्गीत रचनाको बाटोमा लाग्नुभयो।

लिउ थिएन व्हा

श्री लिउ थिएन व्हाले चीनको परम्परागत सङ्गीत सिक्नका लागि धेरै लोक कलाकार खोज्नुभएको थियो। उहाँले तत्कालीन नामी लोक-सङ्गीतकारहरुबाट "अर हु, फि फा, कु छिङ्ग"आदि बाजा बजाउन सिक्नुभएको थियो। उहाँले जातीय सङ्गीतमा सुधार ल्याउने संकल्प गर्दै सबै‍भन्दा सामान्य र लोकप्रिय बाजा "अर हु"मा सुधार गर्ने लक्ष्य तोक्नुभएको थियो। "अर हु"बनाउने

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान