नेपाली भाषा

नि आर

   

सन् 1933मा श्री नि आरले जस्तो "खानी खन्ने गीत", "अखवार बेच्ने गीत"को सिर्जना गर्नुभयो। सन् 1934को अप्रिलमा उहाँले केही क्रान्तकारी गीतहरु रेकर्ड गर्नुभएको थियो। ती गीतहरुमा "नयाँ महिला", "अग्रसर भएर हिंड", "बन्दरगाहमा काम गर्ने मजदूरु", "याङ्ग सी नदीतिर", "सुनौलो नाग नाच", "तलाउको वरिपरि वसन्त आयो" आदि रहेका छन। सन् 1935मा उहाँले "मै न्यान गीत", "ग्रेट वाल बाहिरकी गाउँले केटी", "आत्म-सुरक्षा सम्बन्धी गीत" र "स्वयंसेवक-स्वयंसेविकाको मार्च" आदि गीतको सिर्जना गर्नुभएको थियो। तीमध्ये "स्वयंसेवक-स्वयंसेविकाको मार्च" नयाँ चीनको स्थापना भएपछि चीनको राष्ट्रिय गीत बनेको छ।

सन 1935 को अप्रिल 18 तारिखका दिन श्री नि आरले टोकियोमा जापानका गीत-संगीत, नाटक र चलचित्रको विकास बारे अनुसन्धान गर्नुका साथै चिनियाँ गीत-संगीत क्षेत्रमा भएको नयाँ विकास बारे जापानको साँस्कृतिक क्षेत्रलाई जानकारी दिनुभएको थियो। उहाँले जापानमा रहँदा विदेशी भाषा र संगीतको सक्रियका साथ स्वाध्ययन गर्नुभएको थियो। दुर्भाग्यवश सोही महिनाको 17 तारिखका दिन समुद्रमा डुबेर उहाँको देहान्त भयो। त्यस बेला उहाँको उमेर 23 वर्ष मात्र थियो।

श्री नि आरले दुइ वर्षको छोटो समयमै आठवटा चलचित्र, तीनवटा नाटक र एउटा नाट्यशालामा प्रदर्शनका लागि तयार पारिएको नाटकका लागि गरी जम्मा एकचालिसभन्दा बढी संगीत सिर्जना गर्नुभएको थियो।

गीतः <चिनियाँ राष्ट्रिय गीत>

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान