नेपाली भाषा

नि आर

   

संगीतकार नि आर (1912-1935)

संगीतकार नि आर चीनका प्रसिद्ध कलाकार हुनुहुन्थ्यो।

नि आरको जन्म सन् 1912 को फेब्रुअरी 14 तारिखका दिन र उहाँको देहान्त सन् 1935 मा भएको थियो। उहाँको जन्म थलो चीनको युन नान प्रान्त हो। सन् 1918 देखि उहाँले प्राथमिक विद्यालयमा अध्ययन गर्नथाल्नुभयो। त्यस अवधिमा उहाँको पढाइ एकदमै राम्रो थियो। उहाँलाई गाउन र बनाउन पनि मनपर्थ्यो। पढाइपछि फुर्सतको बेलामा उहाँ लोक संगीतकारसँग चिनियाँ लोक बाजा र परम्परागत गीत सिक्ने गर्नुहुन्थ्यो। सन्1925 मा उहाँ युनान प्रान्तको नम्बर एक संयुक्त माध्यमिक विद्यालयमा भर्ना हुनुभयो। त्यहाँ उहाँले क्रान्तिकारी साहित्यको अध्ययन गर्नपाउनुका साथै "द इन्टरनेशनल" जस्ता क्रान्तिकारी गीत पनि सुन्नपाउनु भयो जसले उहाँमा निकै असर पारेका थिए।

सन 1927 मा उहाँ नम्बर एक शिक्षण पाठशालामा भर्ना हुनुभयो र त्यहाँ अरु साथीहरुसँगै मिलेर "99 संगीत सेवा " को स्थापना गरी त्यसैका तर्फबाट विद्यालयभित्र र बाहिर पनि संगीत र नाटक प्रदर्शन गर्नथाल्नुभयो। त्यस बेलादेखि उहाँले बेला वादन र पिआनो वादन कला पनि सिक्नथाल्नुभयो।

सन 1930 को नभेम्बरमा श्री नि आर शाङ्गहाईमा "साम्राज्यवाद विरोधी महासंघ"मा सहभागी हुनुभयो। सन 1931को मार्च महिनामा उहाँ धेरै बाजा बजाउनसक्ने भैसक्नुभएको थियो। सन 1932को अप्रिलमा उहाँले बामपन्थी

नि आर

साँस्कृतिक क्षेत्रसँग सम्पर्क राखेपछि त्यसले उहाँको कलात्मक सफलतामा गम्भीर प्रभाव पार्‍यो। सन 1932को अगष्टमा उहाँले पैफिङ्गमा टोनोभ नामक एकजना विदेशी सँग बेला बजाउन सिक्नुभएको थियो।

शाङ्गहाई फर्केपछि उहाँले लिएन व्हा चलचित्र कम्पनीमा काम गर्नुभयो। उहाँले हार्दिक र सक्रिय भावनाका साथ संगीत, नाटक र चलचित्र आदि क्षेत्रमा काम गर्नुभयो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान