महाकाव्य "मानास" मा चीनको तिब्बती जातिको महाकाव्य "गेसार" तथा मंगोलियाली जातिको महाकाव्य "च्याँकर" मा जस्तै मुख्यतः एकजना मानिसका बारेमा लेखिएको होइन। यसमा एउटै परीवारका आठ पुस्ताको कथा सुनाइन्छ।
"मानास" नै चीनको कर्कज जातिको बहादुरीसँग सम्बन्धित महाकाव्य हो। चीनका सबैभन्दा प्राचीन अल्पसंख्यक जातिहरुमध्येको एक हो कर्कज जाति। यस जातिको बसोबास मुख्यतया उत्तर-पश्चिमी चीनको सिन च्याँग युगुर जातीय स्वायत्त प्रदेशमा रहेको छ। सन नवौं शताव्दीदेखि दशौं शताव्दीका बीचमा "मानास" महाकाव्यको उत्पत्ति भएको थियो। त्यसपछि कर्कज जातिका गायकहरुले आफ्नो जातिको बुद्धिलाई सो महाकाव्यमा समेटी त्यसको प्रचार-प्रसार गर्दथे। यसरी नै "मानास" ले ठूलो जातीय विशेषतायुक्त साहित्यिक वस्तु बन्यो। "मानास" को सिर्जना कविहरुको विचारद्बारा गरिएको नभई देवताद्बारा सिकाइएको भन्ने विश्वास गरिएको छ। "मानास" लाई गाउने गायकहरुले आफू सपनाबाट बिउँझेपछि लाखौं लहरको महाकाव्यलाई नरोकिइकनै गाउनसक्ने क्षमता अकस्मात विकसित भएको कुरा सधैं नै भन्नेगरेका छन। धेरै मानिसहरु यस्तो कुरामा विश्वास गर्दैनन तर "मानास" को निकै सम्मान गर्ने र यसलाई मन पराउने कर्कज जातिका मानिसहरु भने यसप्रति दृढ विश्वस्त छन।
मानास नै कर्कज जातिका पौराणिक लोकप्रिय बीर तथा नेता हुनुहुन्छ। यसका साथै उहाँलाई शक्ति र बहादुरी तथा बुद्धिका द्योतक पनि मानिएको छ। "मानास" महाकाव्यमा मानास थरको परीवारका आठ पुस्ताका बहादुरहरुले कर्कज जातिका जनताको नेतृत्व गरी अन्य जातिको कब्जाको विरोध गर्नुका साथै आफ्नो स्वतन्त्रता र आनन्दमय जीवनका लागि संघर्ष गरेको कथा सुनाइन्छ। सो महाकाव्यमा जम्मा दुइ लाख दश हजारभन्दा बढी लहर छन् भने दुइ करोड भन्दा बढी अक्षरहरु छन्।
"मानास" महाकाव्यमा उल्लेखित व्यक्ति र दृश्यको ठूलो विशेषता छ। यसमा श्री मानास तथा उहाँका नातेदारहरु बाहेक अन्य एक सयभन्दा बढी व्यक्तिहरु पनि छन। तीमध्ये श्री मानासको समर्थन गर्नेहरुमा बुद्धिमान, विद्बान तथा असल मित्र हुनुका साथै क्रुर भूतहरु पनि छन। सो महाकाव्यमा लेखिएको दशौं पटकको युद्धको अवस्थामा विभिन्न किसिमका हातहतियारहरु बारे पनि उल्लेख गरिएको छ।