नेपाली भाषा

महाकाव्य "च्याँकर"

   

एउटा वालक दुइ वर्षको उमेरमै टुहुरो बन्यो र तीन वर्षको उमेरमा चारैतिर युद्ध गर्नथाल्यो अनि सात वर्षको उमेरमा विश्व प्रसिद्ध बहादुर बन्यो। यो नै चीनको नामी महाकाव्य "च्याँकर"को विषय-वस्तु हो।

इसा पूर्व पन्ध्रौंदेखि सत्रौं शताव्दीको पहिलो अवधिमा चीनको मंगोलियाली जातिको बसोबास भएको क्षेत्रलाई वै ला थ भनिन्थ्यो। वै ला थ भनेको मंगोलियाली जातिको एउटा जातीय क्षेत्रको नाम हो। त्यसको अर्थ वन-जंगल क्षेत्र हो। सो क्षेत्र चीनको सिन च्यांगको अल्ताइ पहाड क्षेत्रमा पर्दछ।

सो महाकाव्यका मुख्य पात्र श्री च्याँकर हुनुहुन्छ। श्री च्याँकर दुइ वर्षको हुँदा मांग कु स नामको एकजना क्रुर मानिसले उहाँको घर-बारीमाथि कव्जा जमाई उहाँका आमा-बाबुलाई मारिदिएको थियो। यसरी श्री च्याँकर टुहुरा बन्नुभयो। आफ्ना आमा-बाबुलाई मार्ने त्यस दुष्टसँग बदला लिनका लागि तीन वर्षको उमेरदेखि उनले चारैतिर युद्ध गर्न शुरु गरे। सात वर्षको उमेरमा उनले महान कार्य पूरा गरे र पाउ मु बा नामको क्षेत्रका मानिसहरुले उनलाई आफ्ना सम्राट बनाएका थिए। श्री च्याँकरले आफ्ना पैंतीसजना जनरल तथा आठ हजार सैनिकहरुको नेतृत्व गरी पाउ मु बाको संरक्षण गर्नुभयो। यसबाट उहाँको नाम चारैतिर फैलियो। श्री च्याँकरले आफ्नो विशेष क्षमताको प्रयोग गरी एउटा स्वर्ग जस्तो मुलुकको स्थापना गर्नुभयो। त्यहाँका जनता कहिल्यै पनि बूढा हुँदैनथे, बरु सधैं पच्चीस वर्षका जस्ता रहिरहन्थे। उहाँको मुलुकमा वर्षैभरि हरियाली हुनुका साथै जताततै हाँसो र खुशीको आवाज सुनिन्थ्यो।

" च्याँकर" मा लेखिएको छः पाउ मु बा क्षेत्रमा हिउँद ऋतु र जाडो मौसम छैन भने वर्षभरि नै वसन्त ऋतुमा जस्तै घाम लाग्छ। त्यहाँ दु:ख र मृत्यु भन्ने कुरा छैन भने सबै जनता सधैं युवक नै रहन्छन। त्यहाँ कोही पनि गरिब र विपन्न छैन भने धनी र समृद्ध मात्र छन। त्यहाँ युद्ध र खतरा छैन भने सुख र आनन्द मात्र छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान