नेपाली भाषा

महाकाव्य "गेसार"

   

हालसम्म चीनको तिब्बत, भित्री मंगोलिया र छिंगहाई आदि क्षेत्रहरुमा सैयौंजना लोक कलाकारहरुले अझै पनि बहादुर गेसारको ठूलो योगदानबारे प्रचार-प्रसार गर्नेगरिरहेका छन। त्यसैले "गेसार" लाई विश्वको एक मात्र जीवन्डो मौखिक महाकाव्य भनिन्छ।

"गेसार" महाकाव्यको उत्पत्ति लगभग इशा पूर्व दुइ तीन सय वर्षदेखि सन छैठौं शताव्दीसम्मको अवधिमा भएको थियो। झण्डै हजारौं वर्षको अवधिमा लोक कलाकारहरुले एकले अर्कालाई सिकाएर सो महाकाव्यको विषय-वस्तुलाई विविध पारेका थिए। सन बाह्रौं शताव्दीको प्रारम्भमा "गेसार" परिपक्व र पूर्ण भई चीनको तिब्बती जातिका मानिसहरुको बसोबास क्षेत्रमा व्यापक रुपमा फैलिएको थियो।

"गेसार"मा सुनाइएको कथा के हो भनेः धेरै वर्षअघि तिब्बती जातिको बसोबास क्षेत्रमा विविध प्रकारका दौवी प्रकोप देखापर्नेगरेका थिए। साथै त्यहाँ प्रशस्त भूतहरु पनि भएको विश्वास गरिन्थ्यो। यसका कारण सर्वसाधारणहरुको जीवन निकै कष्टपूर्ण भएको थियो। सर्वसाधारणहरुलाई यस दु:खाबाट मुक्त गर्नका लागि देव-देवीले श्री गेसारलाई तिब्बती जातिको बसोबास क्षेत्रमा पठाउनुभयो। श्री गेसार विशेष क्षमतावान व्यक्तित्व थियो। नर-लोक अर्थात मानव जातिको संसारमा पुगेपछि आफ्नो ठूलो शक्ति र देव-देवीको सुरक्षाका आधारमा तिब्बतलाई नोक्सानी पुर्‍याउने धेरै भूतहरुलाई गेसारले मारिदिएका थिए। उनले चारैतिर युद्ध शुरु गरेर भूतहरुलाई पराजित गरेपछि आफ्ना आमा र श्रीमतीसँगै स्वर्गमा फर्के। यसरी "गेसार"को कथा पूरा हुन्छ। हालसम्म संग्रह गरिएको "गेसार" महाकाव्यमा जम्मा दश लाखभन्दा बढी लहर छन भने दुइ करोडभन्दा बढी अक्षर छन। यो विश्वको सबैभन्दा लामो महाकाव्य हो।

"गेसार" महाकाव्यका धेरै विषय-वस्तुहरु चीनको लोक गीत र पौराणिक कथा बमोजिम सिर्जना गरिएका हुन। त्यसमा उल्लेखित बहादुर, क्रुर सम्राट, पुरुष, महिला, बुढा-बूढी, युवा-युवतीहरु जस्ता सैयौं व्यक्तिहरु विविध हुनुका साथै तिनीहरुको व्यक्तित्व निकै स्पष्ट छ। यसका साथै "गेसार" महाकाव्यमा प्रशस्त तिब्बती उखानहरुको प्रयोग पनि गरिएको छ।

चीन सरकारले अमूल्य साँस्कृतिक-पूरातात्विक महत्वको यस "गेसार" को अनुवाद र प्रकाशन आदि कार्यलाई उच्च महत्व दिंदैआएको छ। सन 2002 मा चीनले "गेसार"को सहस्राव्दी स्मृतिका सन्दर्भमा भव्य कार्यक्रमको आयोजना गरेको थियो। हाल चीनका दशभन्दा बढी विश्वविद्यालय र अन्य संस्थाहरुका थुप्रै विद्बानहरुले "गेसार" महाकाव्यको अध्ययन गरिरहेका छन्।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान