नेपाली भाषा

"सान को यान यी" अर्थान तीनवटा राज्यहरुको कथा

   

चीनको नामी प्राचीन उपन्यास "सान को यान यी" को नाउँ चीनका हरेक परीवारका मानिसलाई थाहा छ। यसमा तीनवटा राज्यहरुको कथा लेखिएको छ। चिनियाँहरुले "सान को यान यी" मा उल्लेखित युद्ध र मानिसहरु बीचको कथा निकै मन पराउँछन भने धेरै विद्बानहरुले लामो समयदेखि यसलाई पढ्दैआएका छन।

"सान को यान यी" का लेखक लो कुआन चुंग इस्वी सम्बत चौधौं शताव्दीका मानिस हुनुहुन्छ। उहाँ सानै उमेरदेखि किताब पढ्न र इतिहासको अध्ययन गर्न मन पराउनुहुन्थ्यो। यस रुचीले पछिका दिनहरुमा उहाँलाई उपन्यास लेख्नका लागि आधार तयार पारेको थियो। श्री लो कुआन चुंगको समयमा विभिन्न जाति र विभिन्न समूहहरु बीचको मतभेद निकै ठूलो थियो। तिनताका मंगोलियाली जातिद्बारा स्थापित युआन वंशको राजनैतिक शासनले हान जातिमाथि ठूलो दवाउ सिर्जना गरेको थियो। यसप्रति हान जातिका सबै जनताको विरोध थियो भने यसैका कारण विभिन्न ठाउँहरुमा विद्रोह गरिएको देखिन्थ्यो। विभिन्न ठाउँका विद्रोही सेनाहरुले युआन वंशको सेनासँग संघर्ष गर्नुका साथै एक-अर्कासँग पनि युद्ध गर्नेगरेका थिए। युआन वंशलाई पल्टाएर चीनमा स्वयम् आफ्नो शासन-व्यवस्था कायम गर्न तिनीहरु इच्छुक थिए। युवा अवस्थामा श्री लो कुआन चुंग एउटा विद्रोही सेनाका प्रमुख हुनुहुन्थ्यो। तिनताकाको डाँबाँडोल अवस्थाको फाइदा उठाएर सम्राट बन्ने इच्छा उहाँको पनि थियो। तर अन्तमा चु युआन चांगको नेतृत्वमा रहेको विद्रोही सेनाले युआन वंशको सेनालाई पराजित गरी मिंग वंशको स्थापना गरेको थियो। आफ्नो राजनैतिक परिकल्पना विफल भएपछि श्री लो कुआन चुंगले राजीनामा गरी उपन्यास लेख्नथाल्नुभयो।

"सान को यान यी" मा सन 184 देखि 280 सम्म, झण्डै एक सय वर्षमा भएको ऐतिहासिक कथा लेखिएको छ। श्री लो कुआन चुंगले त्यस बेलामा भएका तीनवटा राज्य सम्बन्धी प्रशस्त सामग्री र विद्रोही सेनामा बिताएको जीवनका आधारमा वै, शु तथा ऊ यी तीनवटा राज्यहरु बीचको राजनैतिक र सैनिक इतिहासको विवरण उल्लेख गर्नुभएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान