नेपाली भाषा

फु सुंग लिंग तथा उहाँको "ल्याउ चाइ च यी"

   

सन आठौं शताव्दीको शुभारम्भमा छोटा उपान्यसहरुको एउटा निकै प्रसिद्ध संग्रह चीनमा प्रचलित थियो। सो संग्रहका लेखक फु सुंग लिंले विशेष शैलीको प्रयोग गरी सो संग्रहका लागि फ्याउरो र भूत सम्बन्धी केही कथा लेख्नुभएको थियो।

"ल्याउ चाइ च यी" शिर्षकको त्यस कथा संग्रहमा दुइ सयदेखि सैयौं अक्षरसम्म जम्मा चार सय एकतीसवटा छोटा कथाहरु समावेश गरिएका छन्। यसमा फ्याउरो र भूत सम्बन्धी विशेष कथामार्फत सामन्ती व्यवस्था र सामन्ती परीक्षा व्यवस्थाको आलोचना गरिनुका साथै मानिसको व्यक्तिगत स्वतन्त्रता सम्बन्धी अडान प्रकट गरिएको छ। यसमा प्रेम सम्बन्धी कथाले सबैभन्दा ठूलो स्थान पाएका छन। प्रेम सम्बन्धी धेरैजसो ती कथाहरुमा मानव जाति र फ्याउरो वा भूत बीचको प्रेम-सम्बन्ध बारे उल्लेख गरिएको छ। यसबाट सामन्ती व्यवस्थाबाट मुक्त हुने तिनताकाका युवा-युवतीहरुको इच्छा प्रतिबिम्बित भएको छ।

फु सुंग लिंग तथा उहाँको "ल्याउ चाइ च यी"

"ल्याउ चाइ च यी" मा लेखिएका अधिकांश फ्याउराहरुलाई सुन्दर र मायालु किशोरीहरुको रुपमा प्रतिबिम्बित गरिएको छ। तीमध्ये "स्याउ छुइ" शिर्षकको कथामा उल्लेखित स्याउ छुइ नामकी किशोरी सबैभन्दा सुन्दरी, मायालु र चलाख देखिन्छिन। यस कथाको अन्त्यमा श्री फु सुंग लिंगले स्याउ छुइ साँच्चिकै एउटा सानो फ्याउरो भएको कुरा स्पष्ट पार्नुभएको छ।

अर्को कथा "फ्याउराको विवाह" मा श्री फु सुंग लिंगले फ्याउराको विवाहको रमाइलो अवस्थाको वर्णन गर्नुभएको छ। कथामा मायालु फ्याउराहरुले मानव जातिलाई महत्वपूर्ण अतिथिका रुपमा राम्रोसँग सत्कार गरेका छन। यो कथा पढ्दापढ्दै तपाईं वास्तविक जीवनमा आक्षपरेका विभिन्न दु:ख र कठिनाइहरुलाई बिर्सन सक्नुहुन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान