नेपाली भाषा

प्रसिद्ध ओपेरा लेखक क्वान हान छिंग

   

चीनको युआन वंशका ओपेरा लेखक क्वान हान छिंग चीनको साहित्त्यिक इतिहास तथा ओपेराको इतिहासमा सबैभन्दा ठूला लेखकहरुमध्येका एक हुनुहुन्छ। विगत सात सय जति वर्षदेखि यता उहाँद्बारा लेखिएको ओपेरा "तौ अ युआन" लाई धेरै किसिमका भाषाहरुमा अनुवाद गरिसकिएको छ जुन विश्वका विभिन्न ठाउँहरुमा फैलिइसकेको छ।

श्री क्वान हान छिंग सन तेह्रौं शताव्दीमा चीनको युआन वंशका लेखक हुनुहुन्थ्यो। उहाँ बुद्धिमान हुनुका साथै कविता लेख्न, बाजा बजाउन, नाचगान गर्न र चेस खेल्न सिपालु हुनुहुन्थ्यो। श्री क्वान हान छिंगले लामो समयसम्म शहरमा बसोबास गर्नुभएको थियो। उहाँले शाही अस्पतालमा काम गर्नुभएको थियो। तर चिकित्सा बारे उहाँको चासो थिएन भने ओपेरा लेख्न उहाँ मन पराउनुहुन्थ्यो। तिनताका "चा ओपेरा " युआन वंशमा निकै प्रचलित थियो। "चा ओपेरा" ले युआन वंशको मौखिक लोक-कथाको यथेष्ठतालाई अरु सम्पन्न पारेको थियो। यसबाट व्यापक रुपमा सामाजिक वास्तविकता प्रतिबिम्बित हुन्थ्यो भने उच्च तहका अधिकारी तथा सामान्य सर्वसाधारणहरु "चा ओपेरा " हेर्न मन पराउँथे। श्री क्वान हान छिंगले उच्च तहका मान्छेहरुको मनोरञ्जनका लागि ओपेरा लेख्नुभएको होइन, बरु सर्वसाधारणको दु:खबारे सबैलाई जानकारी दिने उहाँको उद्देश्य थियो।

प्रसिद्ध ओपेरा लेखक क्वान हान छिंग

तिनताका युआन वंशको राजनैतिक क्षेत्र भ्रष्टाचारले व्याप्त थियो, समाजमा निकै गोलमाल थियो, र विभिन्न जातिका श्रमिकहरुको जीवन निकै दु:खदायी थियो। श्री क्वान हान छिंगले सर्वसाधारणहरुप्रति सहिष्णुता प्रदर्शन गरेर आफ्नो सरकारी अधिकारीको पदबाट राजीनामा दिई जनताको जीवनबारे जानकारी लिनुभएको थियो। उहाँले युआन वंशको "चा ओपेरा " मार्फत समाजको वास्तविक अवस्थाको विरोध गर्नुका साथै आफ्नो सामाजिक संकल्पबारे उल्लेख गर्नुभएको थियो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान