नेपाली भाषा

ओपेरा सम्बन्धी विद्बान ली यु

   

चीनको हजारौं वर्षको प्राचीन साहित्त्यिक इतिहासमा धेरैजना प्रसिद्ध कवि, ओपेराका रचनाकर्ता र उपन्यासकार थिए। तर ओपेरा लेख्ने, त्यसको निर्देशन गर्ने, ओपेरा सम्बन्धी सिद्धान्तको अध्ययन गर्ने र उपन्यास लेख्ने सबै काम एकैसाथ गर्नसक्ने सिपालु व्यक्तिहरुको संख्या भने एकदमै कम थियो। ती कममध्येका एक हुनुहुन्छ, चीनका प्रसिद्ध प्राचीन साहित्त्यिक व्यक्तित्व ली यु।

चीनको मिंग वंशका साहित्यकार ली युको जन्म सन 1610 मा भएको थियो। उहाँ तीस वर्षको छँदा चीनको अन्तिम सामन्ती वंश- छिंग वंशले सशस्त्र शक्तिको प्रयोग गरी मिंग वंशलाई पल्टाएको थियो। त्यसपछिका दशौं वर्षसम्म चीनमा गोलमालको अवस्था देखिन्थ्यो। त्यस्तो गोलमालयुक्त समाजमा जीवन बिताउँदा-बिताउँदै सन 1680 मा श्री ली युको निधन भयो।

ओपेरा सम्बन्धी विद्बान ली यु

सानै छँदा उहाँले चीनको परम्परागत कन्फ्युनियस शिक्षा हासिल गरेर सरकारी प्ररीक्षामा उत्तिर्ण भई राजनैतिक क्षेत्रमा प्रवेश गर्ने आशा लिनुभएको थियो। तर त्यस बेलाको गोलमालयुक्त अवस्थामा केही पटकको प्ररीक्षामा सहभागी भए तापनि उहाँ परीक्षामा उत्ती‌र्ण हुन सक्नुभएन। त्यसपछि उहाँले आफ्नो राजनैतिक उद्देश्यलाई परित्याग गरी आफ्नै घरमा एउटा किताब पसल खोल्नुभयो। यसका साथै उहाँले ओपेराको सिर्जनाका लागि अथक प्रयास पनि गर्नुभयो।

ओपेराको सिर्जना र ओपेरा सम्बन्धी सिद्धान्तको अध्ययन नै श्री ली युको सबैभन्दा ठूलो उपलव्धि हो। उहाँका "पी मु नामक माछा", "व्हांग छ्यौ फंग", "यु साउ थौ" र "ल्यान स्यांग पान" आदि दशवटा ओपेरा हालसम्म पनि सुरक्षित छन। ती ओपेराहरुमा मुख्यतः प्रेम सम्बन्धी विषय-वस्तुलाई प्राथमिकता दिइएको छ। वास्तविक जीवनका आधारमा सिर्जना गरिएका ती ओपेराहरुमा प्रेमका बारेमा युवा-युवतीहरुको धारणा, प्रयास र प्राप्तीको प्रशंसा गरिएको छ। यसका अतिरिक्त, उहाँका ओपेराहरुमा पूरानो र अनुचित विवाह सम्बन्धी धारणाको खण्डन आदि गम्भीर सामाजिक विषय पनि समावेश छन। श्री ली युद्बारा रचना गरिएका ओपेराहरुले त्यति बेलाको समाजको व्यापक स्वागत र समर्थन पाएका थिए भने चीनसँग घनिष्ठ सम्पर्कमा रहेका जापान आदि दक्षिण-पूर्वी एशियाली मुलुकहरुमा पनि उहाँका ओपेराहरु फैलिएका थिए। उहाँद्बारा रचना गरिएका चीनको परम्परागत ओपेराहरुले हालसम्म पनि चिनियाँ ओपेरा क्षेत्रमा आफ्नो अस्तित्व जोगाइराखेको पाइएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान