इशा पूर्व सातौं शताव्दीमा चीनको पहिलो कविता संग्रह "स चिंग" ;सार्वजनिक भएको थियो। तीमध्ये प्रेम सम्बन्धी कविता, युद्ध सम्बन्धी कविता, कसैको सराहना गरिएका कविता, मौसम सम्बन्धी कविता र श्रमिकहरुको जीवन सम्बन्धी कविता आदि विभिन्न विषयका कविताहरु छन। त्यो कविता संग्रह एकैजना कविको सिर्जना होइन, तर प्राचीन ग्रीसको प्रसिद्ध महाकाव्य "ह मा महाकाव्य" भन्दा केही सय वर्ष पहिले "स चिंग" सार्वजनिक भएको थियो।
"स चिंग" चीनको साहित्त्यिक इतिहासको पहिलो कविता संग्रह हो। यसमा सि चौ वंशको प्रारम्भ (इशा पूर्व एघारौं शताव्दी) देखि छुन छ्यौ ताकाको मध्यकाल (इशा पूर्व सातौं शताव्दी) सम्मको लगभग पाँच सय वर्षभन्दा बढी अवधि भित्र रचना गरिएका तीन सय पाँचवटा कविताहरु समावेश गरिएका छन। "स चिंग" मा "फंग", "या" र "सुंग" तीनवटा भाग छन। "फंग" मा त्यस बेलाका पन्ध्रवटा राज्यहरुका एक सय साठीवटा लोक गीतहरु छन भने "या" मा चौ वंशको राजधानी वरपरका क्षेत्रमा प्रचलित एक सय पाँचवटा गीतहरु छन। र "सुंग" मा सम्राटले पूजा-आजा गर्दा आफ्ना पूर्खाहरुको श्रेयदान र देव-देवीको महान शक्तिको सराहना गर्ने चालिसवटाभन्दा बढी गीतहरु छन।
"स चिंग" मा संग्रह गरिएका कविताहरुमा मुख्यतः चारवटा अक्षरबाट एउटा वाक्य बनाइन्छ। यसमा दुइवटा, तीनवटा, पाँचवटा, छवटा, सातवटा र आठवटा अक्षरबाट एउटा वाक्य बनाइएका कविताहरु पनि छन। "स चिंग" का कविताहरु विविध छन। र यसमा "फंग" को सबैभन्दा महत्वपूर्ण स्थान छ। "फंग"मा संग्रह गरिएका लोक कविताहरुबाट चीनको चौ वंशको लोक कविताको विशेषता देखिन्छ। ती कविताहरुमा सामान्य श्रमिकहरुको वास्तविक जीवन प्रतिबिम्बित भएको छ। उदाहरणका लागि, यसमा युवा-युवतीहरु बीचको मीठो प्रेम बारे व्याख्या गरिएको कविता "क्वान यु" र "पूर्वी ढोकाबाट बाहिर किस्कने" छन् भने दास-दासीहरुले आफ्ना क्रुर मालिकको आलोचना गरेका कविता "फा थान" र "ठूलो मूसो" पनि छन। यसका अतिरिक्त, सोही भागमा "यान नदी" र "युद्धका बहादुर" आदि युद्धका बारेमा उल्लेख गरिएका कविताहरु पनि छन।