नेपाली भाषा

कवि छ्यु युआन तथा उहाँका कविताहरु

   

"ली साउ" बाहेक श्री छ्यु युआनले लेख्नुभएको "थ्येन वन" पनि एउटा प्रसिद्ध कविता हो। यसमा आकाशसँग भौगोलिक र साहित्त्यिक आदि क्षेत्रसित सम्बन्धित 172 वटा प्रश्न सोधिएको छ। श्री छ्यु युआनले परम्परागत धारणामाथि शंका गरेको र तथ्यमाथि आधारित हुने वैज्ञानिक भावनाको समर्थन गरेको कुरा पनि सोही कवितामा उल्लेख गरिएको छ। यसका अतिरिक्त, श्री छ्यु युआनले प्राचीन कालमा आफ्नो परीवारमा स्वर्गवास भएका व्यक्तिहरुको पूजा गर्ने लोक-कविताहरुका आधारमा देव-देवीको पूजा गर्ने कविता "च्यौ क" मा धेरै देव-देवीहरुको पात्र उफ्याउनुभएको थियो।

श्री छ्यु युआनका कविताहरुमा धेरै अनौठा विचारहरु देखिन्छन। उहाँले फूल र रुखलाई पनि मान्छेको रुपमा व्याख्या गर्नुभएको छ भने केही परिहरुको सिर्जना पनि गर्नुभएको छ। श्री छ्यु युआनका कविताहरुमा उहाँको देशभक्तिपूर्ण भावना पनि देखिन्छ। त्यसैले विगत हजारौं वर्षदेखि यता श्री छ्यु युआन चिनियाँहरुले मन पराएका र कदर गरेका प्राचीन कवि हुनुहुन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान