थाउ युआन मिंगको उपनाम थाउ छ्यान हो। उहाँ सन चौथो शताव्दी अर्थात चीनको तुंग चिन वंशकालका कवि हुनुहुन्छ। उहाँले ग्रमीण क्षेत्र सम्बन्धी कविता लेख्ने शैलीको सिर्जना गर्नुभएको थियो। जीन्दगीमा उहाँ गरिब हुनुभए तापनि आशावादी हुनुहुन्थ्यो। यसका साथै उहाँ प्रकृतिभक्त हुनुहुन्थ्यो। चीनका विभिन्न पुस्ताका साहित्यकारहरुले श्री थाउ युआन मिंगको प्रशंसा र कदर गर्नेगरेका छन।
श्री थाउ युआन मिंगका बराजुले चीनको तुंग चिन वंशको स्थापनाका लागि योगदान पुर्याउनुभएको थियो। उहाँका बाजे र बुबा पनि सरकारी अधिकारी हुनुभएको थियो। श्री थाउ युआन मिंग आठ वर्षको हुँदा उहाँका बुबाको स्वर्गबास भयो। त्यसपछि उहाँको परीवार दिनप्रति दिन गरिब हुँदैगएको थियो। राजनैतिक
तर चीनको तुंग चिन वंश त्यति बेला गोलमालको अवस्थामा थियो। उनान्तिस वर्षको उमेरमा श्री थाउ युआन मिंग पहिलो पटक सरकारी अधिकारी बन्नुभएको थियो। तर सरल स्वभावका मानिस भएका कारणले गर्दा उहाँले राजनैतिक क्षेत्रमा विद्यमान भ्रष्टाचार आदि जस्ता समस्याहरुको सहन गर्न नसकी पदबाट राजीनामा गर्नुभयो। जीवनको दवाउमा उहाँले केही पटक सरकारी अधिकारीको पद सम्हाल्नु भए तापनि पटक-पटक राजीमाना गर्नुभएको थियो।
यसरी श्री थाउ युआन मिंग गरिबीको अवस्थामै परिरहनु भयो। खेती-पातीमार्फत आफ्नो परीवारको जीवनचर्या चल्न नसकेकाले श्री थाउ युआन मिंग एकचालीस वर्षको उमेरमा पुनः सरकारी अधिकारी बन्नुभएको थियो। तर मात्र असी दिनपछि उहाँले फेरि आफ्नो पदबाट राजीनामा गर्नुभयो र राजनैतिक क्षेत्रबाट सदा-सर्वदाका लागि विदा लिनु भयो। त्यसपछि उहाँले ग्रामीण क्षेत्रमा गै खेतीपाती गरेर आफ्नो जीवन बिताउन थाल्नुभयो।