नेपाली भाषा

चीनको थांग वंशको चहकिलो कविता क्षेत्र

   

थांग वंशको समृद्धिको अवधिमा ली पाई, तु फु, वांग वै, मंग हाउ रान, काउ श र छन सन आदि प्रसिद्ध कविहरु थिए। सिमा क्षेत्रको जीवन बारे लेख्न श्री छन सन सिपालु हुनुहुन्थ्यो भने श्री काउ शको कवितामा मुख्यतः सर्वसाधारणहरुको दु:खी जीवनका बारेमा व्याख्या गरिएको हुन्थ्यो। थांग वंशको समृद्धिको अवधिको प्रतिनिधित्व गर्ने कविहरु "कवि देव" ली पाई तथा "महाकवि तु फु" ले लेख्नुभएका कविताहरुले चीनका पछिका पुस्ताका कविहरुको कविता सिर्जनामा ठूलो र व्यापक प्रभाव पारेका थिए।

थांग वंशको मध्यकाल (762-827) मा पाइ च्यु यी, युआन चन र ली ह सबैभन्दा प्रसिद्ध कविहरु हुनुहुन्थ्यो। श्री पाइ च्यु यीले आफ्नो कवितामा युद्धको विरोध गर्नुका साथै अधिकृत क्षेत्रमाथि प्रहार पनि गर्नुभएको थियो। त्यसैले धेरै सर्वसाधारण श्री पाइ च्यु यीका कविता निकै मन पराउँथे।

श्री ली हको बीस वर्षको कलिलै उमेरमा स्वर्गबास भयो। उहाँको जीवन विपन्नता र दु:खले भरिपूर्ण थियो भने राजनैतिक क्षेत्रमा पनि उहाँ विफल हुनुभएको थियो। तर उहाँका कवितामा सुन्दर शब्दहरुको प्रयोग गरिनुका साथै रोमान्टिकक रंग पनि भरिएको देखिन्थ्यो।

थांग वंशको पछिल्लो अवधि, सन 827 देखि 859 सम्म, मा प्रसिद्ध कवि ली शांग यन र तु मुद्बारा लेखिएका कविताहरु निकै प्रचलित थिए। श्री तु मुले आफ्ना कवितामा आफ्नो राजनैतिक संकल्पका कुराहरु अभिव्यक्त गर्नुहुन्थ्यो भने श्री ली शान यनको कवितामा राजनैतिक क्षेत्रमा देखिएका विभिन्न कठिनाइहरु बारे व्याख्या गर्नुहुन्थ्यो। उहाँको एउटा प्रसिद्ध कविता "उ थी" मा प्रेमका बारेमा लेखिएको छ। तथापि कविले यस कविता मार्फत अप्रत्यक्ष रुपमा राजनैतिक क्षेत्रको वर्तमान अवस्थामाथि प्रहार गर्नखोज्नुभएको थियो भन्ने केही विद्बानहरुको भनाइ छ भने केहीले यस भनाइको विरोध गरेका छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान