नेपाली भाषा

"कवि देव" ली पाई तथा उहाँका कविताहरु

   

ली पाई चीनको थांग वंशका प्रसिद्ध कवि हुनुहुन्छ। उहाँको दृढ आत्म-विश्वास र फूर्तिलो तथा रोमान्टिक भावनामा थांग वंशकालमा चिनियाँ बुद्धिजीवीको व्यक्तित्व पूर्ण रुपमा प्रतिबिम्बित हुन्छ।

ली पाई (701-762) को मूल चीनको कान सु प्रान्त हो। तर उहाँको परीवारको अवस्था र उहाँको जन्मथलो हालसम्म पनि स्पष्ट छैन। उहाँको कवितामा हामीले वालककालदेखि नै श्री ली पाईले प्रशस्त किताबहरु पढ्नुभएको कुरा थाहा पाउँछौं। बीस वर्षको उमेरदेखि श्री ली पाईले विभिन्न ठाउँहरुको भ्रमण गर्नुभएको थियो। उहाँसँग विभिन्न क्षेत्र बारेको जानकारी पर्याप्त हुनुका साथै एकदमै बुद्धिमान पनि हुनुभएकाले कविता लेखनमा उहाँले ठूलो उपलव्धि हासिल गर्नुभएको थियो। तिनताका प्रकाशन र यातायात क्षेत्र त्यति विकसित भएको थिएन तापनि साहित्त्यिक क्षेत्रको आदान-प्रदानमार्फत युवक ली पाईको नाउँ फैलिएको थियो।

ज्ञान-विज्ञानको अध्ययनपछि सरकारद्बारा लिइने परीक्षामा उत्तिर्ण भएपछि अधिकारी बन्नु नै प्राचीन कालमा चीनका बुद्धिजीवीहरुको लक्ष्य हुन्थ्यो। युवक ली पाई पनि यस्तै आशा बोकेर त्यति बेलाको राजधानी छांग आन पुग्नुभयो। कविता लेखनमा निकै प्रसिद्ध श्री ली पाई केही गन्यमाण्य व्यक्तिहरुको सहयोगमा

"कवि देव" ली पाई तथा उहाँका कविताहरु

श्री ली पाई निकै अभिमानी हुनुहुन्थ्यो। अधिकृत क्षेत्रमा देखिएको भ्रष्टाचारप्रति उहाँ असन्तुष्ट हुनुहुन्थ्यो, साथै सम्राटको विश्वास पाएर आफ्नो राजनैतिक क्षमताको प्रयोग गर्ने अवसर पाउन पनि उहाँ इच्छुक हुनुहुन्थ्यो। तर त्यस बेलाका सम्राटको दृष्टिमा श्री ली पाई एकजना कवि मात्र हुनुहुन्थ्यो। राजनीतिबाट निराश भएपछि श्री ली पाईले राजधानी छांग आन छोडेर फेरि चारैतिरको भ्रमण शुरु गर्नुभयो।

जीन्दगीमा धेरै जसो समय यात्रा गर्नुभएका श्री ली पाईले प्राकृतिक दृश्यबारे थुप्रै कविता लेख्नुभएको थियो। "शु राज्यमा जाने बाटो आकाशमा जाने बाटोभन्दा अझ कठिन छ" र "व्हांग ह नदीको पानी आकाशबाट बगेर समुद्रमा पुग्छ" आदि प्रसिद्ध वाक्य नै युगौंयुगसम्म लोकप्रिय छन।

हाल श्री ली पाईका नौ सयभन्दा बढी कविताहरु सुरक्षित रहेका छन भने साठीभन्दा बढी लेखहरु पनि सुरक्षित छन। उहाँका कविता निकै उच्चस्तरका छन र तीनले चीनको साहित्त्यिक क्षेत्रमा गहिरो र व्यापक प्रभाव पारेको छन। त्यसैले चीनमा श्री ली पाईलाई "कवि देउ" भनिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान