नेपाली भाषा

महाकवि तु फु तथा उहाँका कविताहरु

   

सन 755 मा त्रिचालिस वर्षको उमेरमा श्री तु फुले बल्ल एउटा सरकार पद सम्हाल्न पाउनुभयो। तर मात्र एक महिनापछि थांग वंशमा गृह-युद्ध शुरु भयो। त्यसपछि श्री तु फुको जीवन अझ कठिन भएकोथियो भने वास्तविक परिस्थितिबारे उहाँको जानकारी पनि अझ स्पष्ट भएको थियो। उक्त अवधिमा उहाँले "श हाउ ली" र "थुंग क्वान ली" शिर्षकका केही प्रसिद्ध कविता लेखेर जनताप्रतिको गहन सहिष्णुता र युद्धप्रतिको घृणा व्यक्त गर्नुभएको थियो।

सन 759 मा राजनीतिबाट पूर्ण रुपमा निराश हुनुभएका श्री तु फुले पदबाट राजीनामा गर्नुभयो। उहाँले आफ्नो परीवार लिएर दक्षिण-पश्चिमी चीनको छंग तु शहर पुगी साथीको सहयोगमा जीवन बिताउन थाल्नुभयो। एकदम कठिन र दु:खपूर्ण अवस्थामा उहाँले "शरद ऋतुको हावामा आफ्नो कटेरो ध्वस्त भएको कविता" मा आफ्नो परिवारको दु:खी जीवन बारेको वृत्तान्त लेख्नुभयो। जीवनको आफ्नो अनुभवबाट त्रसित भएका श्री तु फु सबै गरिबहरुले राम्रो घर होओस, सबैले सुखी र आनन्दी जीवन बिताउन पाकुन भन्ने कामना गर्नुहुन्थ्यो। सो कवितामा देखाइएको हार्दिक र मानवीय भावनाबाट कवि तु फुको उच्च मानवीयता छर्लंगिन्छ।

सन 770 मा 59 वर्षको उमेरमा गरिबी र रोगका कारण श्री तु फुको स्वर्गबास भयो। सुरक्षित रहेका उहाँका एक हजार चार सयभन्दा बढी कविताहरुमा चीनको थांग वंशको समृद्धि र युद्धका कारण अधोगतिमा लागेका बीस वर्ष जतिको अवधिको सामाजिक अवस्था प्रतिबिम्बित छ। यी कविताहरु समग्र ग्रन्थ जस्ता पूर्ण र भव्य देखिन्थे। श्री तु फुले चीनको प्राचीन कविताको सुधार र विकास गरी कविताको विषय र ढाँचामा विस्तार र परिवर्तन गर्नुभएको थियो। उहाँका कविताहरुबाट चीनको साहित्त्यिक इतिहासमा व्यापक प्रभाव परेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान