नेपाली भाषा

तुन ह्वांगको मो काऊ गुफा

   

"गोप्य रुपमा शास्त्र राखिने गुफा"लाई पत्तो लगाउने सिलसिलामा प्राचीन चीनका केही विद्बानहरुले तुन ह्वांग सम्बन्धी सँस्कृतिको अनुसन्धान थालेका थिए। सन् 1910मा तुन ह्वांगको सँस्कृतिको अनुसन्धान सम्बन्धी चीनको पहिलो खेपका विशेष किताब प्रकाशित गरिएको थियो। यसले गर्दा तथाकथित "विश्वको विशेष शास्त्र"भन्ने तुन ह्वांग शास्त्र स्थापित भएको थियो। त्यसपछिका वर्षहरुमा विश्वका विभिन्न मुलुकका विद्बानहरुले तुन ह्वांगप्रति चासो लिएर निरन्तर रुपमा त्यसको अध्ययन गरिरहेका छन। विशेष गरी, चिनियाँ विद्बानहरुले यसतर्फ उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

चीनको सँस्कृतिको मूल्यवान वस्तुको रुपमा रहेको मो काउ गुफाको संरक्षण-कार्यमा चीन सरकारले निकै ध्यान दिंदैआएको छ। हाल विश्वका विभिन्न ठाउँबाट आउने पर्यटकहरुको संख्या दिनप्रति दिन बढ्दैगएकाले मो काऊ गुफाको संरक्षणका लागि चीन सरकारले पहिलेको गुफा बमोजिम मो काऊ गुफा नजिकको "सान वै शान" पहाडमुनि तुन ह्वांग कला प्रदर्शन केन्द्रको स्थापना गरेको छ। पर्यटकहरु यस केन्द्रको निरीक्षण गर्नसक्छन्।

चीन सरकारले "डिजिटल मो काऊ गुफा"को स्थापनाका लागि बीस करोड चिनियाँ युआनको लगानी गरेको छ। प्राप्त जानकारी अनुसार, यस्तो "डिजिटल गुफा"मा पसेर दर्शकहरुलाई साँचो मो काऊ गुफा घुमेजस्तो लाग्नेछ। दर्शकहरुले यस्तो गुफामा वास्तु, रंगीन मूर्ति र रंगीचंगी भित्ते चित्रहरु देख्नसक्नेछन। विशेषज्ञहरुको ठहर अनुसार, यस्तो डिजिटल गुफाको स्थापनाले भित्ते चित्रको अझ राम्रोसँग संरक्षण हुनसक्ने मात्र नभई तुन ह्वांग सँस्कृतिको पनि राम्रोसँग संरक्षण हुनसक्छ। यसले गर्दा मो काऊ गुफामा रहेका पूरातात्विक वस्तु र सँस्कृतिहरु अझ लामो समयसम्म संरक्षित हुनसक्छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान