नेपाली भाषा

तुन ह्वांगको मो काऊ गुफा

   

ती भित्ते-चित्रहरुमा प्रायजसो वौद्ध धर्म-शास्त्रमा उल्लेखित पात्रहरु छन्। जस्तै विभिन्न किसिमका बुद्ध, अप्सरा र राजाहरु हुन्। त्यसमा वौद्ध धर्म भारत, मध्ये एशिया र चीनमा फैलिएका किंवदन्तीहरु र कुनै ऐतिहासिक व्यक्तिहरुका बारेमा कथाहरु पनि समावेश छन्। यसका अतिरिक्त, विभिन्न वंशका भित्ते-चित्रहरुबाट विभिन्न तहका जनताहरुको सामाजिक जीवन, लुगा-फाटा, प्राचीन कालका वास्तुहरु, संगीत र नाच-गान पनि प्रतिबिम्बित गरिएको छ। साथै भित्ते-चित्रहरुमा चीन तथा विदेशसँगको साँस्कृतिक आदान-प्रदानका ऐतिहासिक तथ्य कुरा पनि उल्लेखित छन। यसैले पश्चिमी जगतका विद्बानहरुले मो काऊ गुफाका भित्ते-चित्रलाई "भित्तामा रहेको पुस्तकालय" भन्नेगरेका छन।

सन् 1900 मा मो काऊ गुफामा पुस्तक राखिने एउटा गोप्य कोठा पत्तो लगाइएको थियो। मानिसहरुले यस कोठालाई "गोप्य रुपमा शास्त्र सम्बन्धी पुस्तकहरु राखिने गुफा" भन्नेगरेका छन। तीन वर्गमीटर क्षेत्रफल भएको त्यो सानो गुफामा थुप्रै शास्त्रका किताबहरु, चित्र र लीपीकारका लिपी आदि झण्डै पाँच हजारभन्दा बढी मूल्यवान वस्तुहरु समावेश छन्। यी वस्तुहरु चौथो शताव्दीदेखि एघारौं शताव्दीसम्मका छन। तिनीहरुका विषयमध्ये चीन, मध्ये एशिया, दक्षिण एशिया र यूरोप आदि ठाउँको इतिहास, भूगोल, राजनीति, जाति, सैनिक, भाषा र शब्द, सँस्कृति र कला, धर्म, चिकित्सा, विज्ञान र प्रविधि आदि विषयहरु रहेका छन। मोटामोटी रुपमा भन्ने हो भने यसमा समाजका समस्त क्षेत्रहरु समावेश छन। यसैले यसलाई "प्राचीन चीनको महाविश्वकोष" मानिएको छ।

उक्त गुफा पत्ता लगाइएपछि केही विदेशीहरु त्यहाँ गएका थिए। बीस वर्षभन्दा कम समयमा उनीहरुले तुन ह्वांगबाट चालीस हजारजति शास्त्रका किताब र धेरै मूल्यवान भित्ते चित्र तथा मूर्तिहरु लुटपाट गरेका थिए। यसले गर्दा मो काऊ गुफालाई ठूलो नोक्सानी पुर्‍याइएको थियो। हाल बेलायत, फ्रान्स, रुस, भारत, जर्मनी, डेन्मार्क, स्वीडेन, गणतन्त्र कोरिया, फिन्ल्याण्ड र अमेरिका आदि मुलुकहरुमा मो काऊ गुफाका पूरातात्विक वस्तुहरु रहेका छन्। यी वस्तुहरुको संख्या त्यस शास्त्रहरु राखिने त्यस "गोप्य गुफा"का समग्र वस्तुहरुको दुइ तिहाइ छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान