नेपाली भाषा

हु नान् प्रान्तमा पर्ने छाङ शा मा वाङ द्बै हान राज-वंशको समाधि

   

कफीनलाई खोलेपछि त्यस समाधिमा रहेकी मृतक महिलाको जीउँदोजस्तो अनुहारले सबैलाई आश्चर्य-चकित तुल्यायो। त्यस महिलाको मृत शरीरलाई राम्रोसँग राखिएको छ। महिलाको मुख स्पष्टसँग देखिन्छ र उनको कपाल पनि ताजा देखिन्छ। उनका औंलाका रेखाहरु स्पष्ट छन र छाला पनि आद्र छ र खुट्टाका चारैवटा जोर्नी चल्नसक्छन। त्यस शवको शल्यक्रिया गरेपछि महिलाको मृत शरीरभित्रका सबै अङ्गहरु राम्रोसँग सुरक्षित रहेको पाइयो। उसको पाचन नली, भुँडी, सानो आन्द्राभित्र तरबुजाका एक सयवटा बियाँ देखिए। त्यसबाट के कुरा प्रष्ट भएको छ भने यस महिलाको मृत्यु तरबुजाका बीउ खाँदा भएको हो। ती महिला मरेको समय तरबुजा पाक्ने समय हुनुपर्छ। त्यस समाधिभित्र "श्रीमती सीन च्वै" लेखिएको छ। थाहा भए अनुसार, त्यस महिलालाई इसा पूर्व दोश्रो शताव्दीमा समाधिष्ट गरिएको हो। ती महिला उ सी हान राज-वंशको शुरुमा छाङ शा राज्यका प्रधानमन्त्री ली छाङकी श्रीमती हुन। उनको नाम सीन च्वै हो।

"हजारौं वर्षसम्म पनि जस्ताको तस्तै अवस्थामा रहेको ती महिलाको मृत शरीर" पत्ता लगाएको कुराले विश्वलाई आश्चर्यचकित तुल्यायो। विशेषज्ञहरु, पर्यटकहरु, सिनेकर्मीहरु, अनुसन्धानकर्ताहरु छाङ शा शहरमा भेला भए। सम्बन्धित विभागको तथ्याङ्क अनुसार, मा वाङ द्बै हान राज-वंशको समाधिमा महिलाको मृत शरीर भेट्टिएको छोटो समयभित्र छाङ शा शहरमा आउने मानिसहरुको कूल संख्यामा पाँच लाखले बृद्धि भयो। सीन च्वैको समाधिको उत्खनन गरिएको दुइ वर्षभित्र त्यस समाधिको वरिवरि हान राज-वंशकालका अन्य दुइवटा समाधि फेला परे। तीमध्ये एउटा सीन च्वैका श्रीमान अर्थात् छाङ शा राज्यका प्रधानमन्त्रीको हो भने अर्को उनीहरुकी छोरीको हुनसक्छ। ती तीनटा समाधिलाई "छाङ शा मा वाङ द्बै हान राज-वंशका समाधि" मानिन्छ।

"छाङ शा मा वाङ द्बै हान राज-वंशका समाधि"मा भेट्टिएका सामग्रीहरु विविध प्रकार छन। तीमध्ये लुगा-फाटा, खाने कुरा, औषधी, बाजा, चिनियाँ माटोबाट बनाइएका भाडाँ, रेशमका चित्र एवम् प्रशस्त रेशमका पुस्तक र बाँसमा लेखिएका किताब समावेश छन। ती सामग्रीहरु निकै अमूल्य छन। ती समाधिहरुमा एक हजार चार सय जति बुनाइका वस्तु भेटिएका छन। ती बुनाइका वस्तुहरुलाई "आकर्षित सि हान राज-वंश (इसा पूर्व206-सन्25)को रेशम भण्डार" भनिन्छ। तीमध्ये दुइवटा एउटै रङ्गका लुगा छन। ती लुगाहरु एक मिटर जति लामा छन। तीनका दुबै बाहुला लगभग दुइ मिटर लामा छन। तर लुगाको तौल 28 ग्राम मात्र छ। ती लुगाहरुबाट तत्कालीन चीनमा बुनाइ प्रविधि निकै उच्च स्तरमा पुगिसकेको कुरा प्रष्ट हुन्छ। समाधिमा भेटिएको रेशमका पुस्तक तथा बाँसको किताब विश्वमा खगोल शास्त्रसम्बन्धी सबैभन्दा पहिलो किताबः "ऊ सीङ चान", "थान वन छी स्याङ चा चान" नामक दुइवटा मात्र नभई, चीनमा चिकित्सा सम्बन्धी सबैभन्दा पूरानो किताब "माइ फा" र "ऊ श अर पीङ फाङ" पनि छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान