नेपाली भाषा

हु नान् प्रान्तमा पर्ने छाङ शा मा वाङ द्बै हान राज-वंशको समाधि

   

गत शताब्दीको सत्तरीको दशकमा चीनको दक्षिणी भागमा पर्ने छाङ शा मा वाङ द्बै हान राज-वंशको समाधिस्थलको उत्खनन कार्यले चीन लगायत विश्वलाई आकर्षित गर्‍यो। यस समाधिमा भेट्टाइएको एउटी महिलाको मृत शरीर राम्रोसँग सुरक्षित रहेको देखिन्छ। विश्वमा नसुकेको अथवा नकुहिएको अवस्थामा मृतकको शरीर पत्ता लगाइएको यो पहिलो पटक हो। यस मृत शरीर दुइ हजार वर्षसम्म जमीनमुनि रहेको छ तापनि महिलाको मुख तथा छाला जीवित मानिसको जस्तो देखिन्छ। निकै अचम्म लाग्दो कुरा हो यो। यस महिलाको मृत शरीरका साथै मा वाङ द्बै हान राज-वंशको समाधिस्थलमा राम्रोसँग सुरक्षित धेरै किसिमका प्रशस्त अमूल्य सामग्री पनि पत्ता लगाइएका छन्।

चीनको दक्षिणी भागमा पर्ने हु नान प्रान्तको छाङ शा शहरको पूर्वी कछाड क्षेत्रमा सर्वसाधारणहरु माझ त्यहाँ एउटा ठूलो ढाँचाको समाधिस्थल छ भन्ने कुरा प्रचलित छ। केही मानिसहरु त्यो समाधिस्थल मा नामका अधिकारीको हो भन्छन। त्यस कारण त्यस समाधिस्थललाई "मा वाङ द्बै" भनिन्छ। यस सम्बन्धमा अरु धेरै भनाइ पनि छन। बीसौं शताब्दीको सत्तरीको दशकमा यस समाधिमा कसलाई समाधिष्ट गरिएको छ भन्ने कुरा बल्ल निश्चित भयो। सन 1971मा मानिसहरुले यस समाधिमा दश मिटर जति तलसम्म खन्दा धेरै मसिनो र नरम चीज देखापर्‍यो। पूरातत्वविदहरुले त्यस मसिनो र नरम चीजमा एउटा प्वाल बनाए। त्यस प्वालबाट निकै चर्को खालको ग्यास निस्क्यो। त्यस बेला एकजना पूरातत्वविदले सलाई कोरे। त्यस किसिमको ग्याँसमा आगो लाग्यो। नीलो र रातो रंगको आगो एउटा सर्पजस्तै गरी नाच्न थाल्यो। आगोमाथि पानी हाल्नेवित्तिकै ग्याँसले पानीलाई फर्कायो। पूरातत्वविदहरुले त्यस प्वाललाई बन्द गरेपछि मात्र बल्ल आगो निभाउन सके।

विशेषज्ञहरुले तत्स्थानको सर्भेक्षण गरे र त्यस ठाँउमुनि एउटा पूरानो समाधि रहेको निर्णयमा पुगे। पूरातत्वविदहरुले त्यस समाधिस्थललाई खोलेर हेर्दा समाधिको सतह र कफीन राखिएको कोठामा एक मिटर जति बाक्लो लेप जस्तो सेतो हिलो देखापर्‍यो। त्यो लेपजस्तो सेतो हिलो मुनि बाक्लो तह काठ बालेर बनाइएको कोइला थियो। त्यस कोइलाको कूल तौल लगभग पाँच हजार किलो जति छ जसलाई चारवटा गाडीमा राखेर अन्यत्र पुर्‍याइयो। कफीनमाथि दशवटाभन्दा बढी बाँसका चटाई ओछ्याइएको थियो। शुरुमा ती बाँसका चटाई पहेंला र नयाँजस्ता देखिन्थे तर दश मिनेटपछि तीनको रंग कालो भयो। समाधिमा भएको कफीनका चार तह छन। सबैभन्दा बाहिरको लम्बाइ सात मिटर र चौडाइ पाँच मिटर अनि उचाइ तीन मिटर छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान