नेपाली भाषा

चाइना र चीन

   

अनि च छीबारे अरु देशका मानिसहरुले कसरी थाहा पाए त ?

च छी अर्थात् चिनियाँ माटोले बनाएका बस्तुहरुलाई ८ औं शताब्दीदेखि विदेशतर्फ निर्यात गर्न शुरु गरियो । तपाईंहरुलाई थाहा छ होला, त्यसअघि निकै प्रसिद्ध भएको सिल्क रोडबाट चीन र अरु देश बीच व्यापारिक तथा साँस्कृतिक आदान प्रदान शुरु भइसकेको थियो । त्यति बेला चीनलाई रेशम मुलुक भनिन्थ्यो । ८ औं शताब्दीपछि च छीलाई अरु देशमा निर्यात गर्ने क्रममा चीनले च छी अर्थात् चिनियाँ माटोले बनाइएका बस्तुहरुको मुलुकको नाममा विश्वव्यापी प्रसिद्धी कमाएको देखिन्छ ।

शुरुमा एशिया च छीको मुख्य बजार थियो । १७ औं शताब्दीको शुरुदेखि पश्चिमी मुलुकका राजपरिवारहरुमा च छीको संकलन गर्ने प्रवृति देखा पर्यो ।

अहिले विश्वभरी च छी अर्थात् चिनियाँ माटोले बनाइएका भाँडा-वर्तनहरु किन्न पाइन्छ । बेलायत एवम् युरोपेली महाव्दीपमा प्रचलित भइरहेकोले अंग्रेजी शब्द china पनि चिनियाँ माटोले बनाइएका बस्तुहरुको पर्याय बन्न गयो । जसबाट चीन तथा च छी यी २ वटा अर्थ फरक भएतापनि एउटै शब्दको प्रयोग गरिंदै आएको छ ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान