नेपाली भाषा

चाइना र चीन

   

प्रिय मित्रहरु, तपाईंहरुलाई थाहा छ होला, अंग्रेजी शब्द चाइनाका २ वटा अर्थ रहेका छन् । एउटा अर्थ 'मेरो मातृभूमी चीन हो' भने अर्को अर्थ 'चिनियाँ माटोले बनाएको चीजबीज' । लामो समय अघिदेखि चीनलाई चिनियाँ माटोले बनाइएका भाँडा-वर्तन -- 'च छी' को मातृभूमि मानिंदैआएको छ । त्यसो भए चीन र च छी अर्थात् चाइना बीच के कस्तो सम्बन्ध छ त ? आज म तपाईंहरुसँग चाइनाको इतिहासबारे चर्चा गर्नेछु।

सामग्रीबाट प्रमाणित भइएको छ, चिनियाँ माटोको पहिलेको रुप प्राचीन छिङ च अर्थात् हरियो रंगका चिनियाँ माटोका भाडा हुन् । थाहा भएअनुसार, चीनको सबैभन्दा पुरानो छिङ चलाई चीनको शानसी प्रान्तमा पर्ने स्या अंचलमा रहेको लुङ शान सांस्कृतिक भग्नावशेषमा भेट्टाइएको थियो । त्यो प्राचीन छिङ च ४ हजार २ सय वर्षअघि बनाइएको थियो ।

वास्तवमा चीनमा पहिलो पटक देखा परेको च छी अर्थात् चिनियाँ माटोबाट बनाइएका भाँडा-वर्तन तोङ हान राजबंश (सन् २३-२२०)मा बनाइएको थियो ।

११ औं शताव्दीदेखि १३ औं शताब्दीको आरम्भसम्म चीनका थाङ र सोउङ यी २ वटा राजबंशकालमा चीनमा च छी बनाउने प्रविधि निरन्तर रुपमा विकसित हुंदैगइरहेको थियो । थाङ सान छाइ त्यस समयमा देखा परेको एक किसिमको रङ्गगीचङ्गी च छी हो । थाङ सान छाइले चिनियाँ चित्र, मूर्ति आदि कलाका विशेषताको उपयोग गरेर एउटा सामानमा एकै चोटी रातो, हरियो एवम् सेतो यी ३ वटा आधारभूत रङ्गको प्रयोग गरी उच्च तापक्रममा तताउँदा यी ३ वटा रङ्ग मिसिएर धेरै रङ्ग देखा पर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेको छ । थाङ सान छाइमा पहिलेका ३ वटा रङ्ग मिसिएपछि बनेका अन्य रङ्ग सबै देखा पर्न सक्नु थाङ सान छाइको विशेषता छ ।

मिङ राजबंश (सन् १३६८-१६४४) एवम् छिङ राजबंश (सन् १६४४-१९११) काल चीनमा च छीको उत्पादनको स्वर्णयुग थियो । त्यस बेला च छीको उत्पादन तथा उत्पादित बस्तुहरुको गुणस्तर निकै उच्च थियो । त्यति बेला चीनको दक्षिणी भागमा पर्ने शहर चीङ द चन च छीको नामले प्रसिद्ध शहर बन्यो र अहिलेसम्म चीनभरि सर्वोच्च गुणस्तरको च छी त्यसै शहरमा बनाइन्छ ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान