नेपाली भाषा

चीनको क्वै चौ प्रान्तको ह चांग प्राचीन समाधिस्थल

   

सन 2001 को सेप्टेबरमा दक्षिण-पश्चिमी चीनको क्वै चौ प्रान्तको ह चांग जिल्लाको ख ल गाउँमा प्राचीन ये लांग राज्यका 108 वटा समाधिस्थलहरु फेला पारिएको छ। ये लांग प्राचीन राज्य सम्बन्धी पूरातत्व कार्यमा यस पटक सबैभन्दा बढी बस्तुहरु फेला पारिएको छ। ये लांग राज्यको प्राचीन सँस्कृति र इतिहासको अध्ययनका लागि यसको निकै महत्वपूर्ण अर्थ छ। यस उपलव्धिलाई "सन 2001 मा चीनका दशवटा सबैभन्दा महत्वपूर्ण पूरातत्व कार्यक्रमहरुमध्येको एक" मानिएको छ। ये लांग प्राचीन राज्य नै पहिले चीनको दक्षिण-पश्चिमी क्षेत्रमा रहेको अल्पसंख्यक जातिको एउटा बलियो शासन थियो। इशा पूर्व तेस्रो सताव्दीदेखि इस्वी सम्वत पहिलो शताव्दीसम्म ये लांग राज्य दुइ सय जति समयमा भएको थियो। इशा पूर्व दोस्रो शताव्दीमा चीनको सि हान वंशका प्रसिद्ध इतिहासविद स मा छ्येनले आफ्नो वंशका दूतका साथमा चीनको दक्षिण-पश्चिमी भागमा बसोबास गर्ने विभिन्न अल्पसंख्यक जातिहरुका राज्यहरु पुग्नुभएको थियो। उहाँले तयार पार्नुभएको प्रसिद्ध ऐतिहासिक किताब "श ची" का अनुसार दक्षिण-पश्चिमी भागमा रहेका विभिन्न जातीय राज्यहरुमा ये लांग सबैभन्दा सशक्त राज्य थियो र तिनताका ये लांगको सैनिक बल एक लाख जति थियो। त्यहाँका नदीहरुमा ये लांग राज्यका जहाजहरु आएको-गएको देखिन्थ्यो र त्यो त्यस राज्यको समृद्धीको संकेत थियो। ये लांग राज्यका सम्राटले सि हानका दूतसँग कुराकानी गर्दा "तपाईंको हान राज्य ठूलो कि मेरो ये लांग राज्य ठूलो" भन्ने प्रश्न गरेका थिए। तिनताका चीनका अधिकांश क्षेत्रहरुमाथि चीनको हान वंशको शासन थियो। तर ये लांग टाढा-टाढाको पहाडी क्षेत्रमा भएकाले ये लांग राज्यका सम्राटले हान वंशको शक्ति बारे त्यति स्पष्ट थाहा पाएका थिएनन। त्यसैले उनले उक्त प्रश्न उठाएका थिए। त्यसपछि "य लांग च ता" भन्ने उखान चीनमा फैलियो। यो नै दुइ हजार वर्षअघि ये लांग राज्यको अस्तित्वको प्रमाण पनि हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान