नेपाली भाषा

मान छङमा भेटिएको हान राज-वंशको समाधि र सुन तथा जेडको लुगा

   

"जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा आयताकार, वर्गाकार, समालम्ब, चतुर्भुज, त्रिकोण, असमान्तर भुजा आकारका जेडका टुक्राहरुबाट बनाइएको छ। जेडमा प्वाल पारिएको छ। सुनको धागोले ती जेडका टुक्राहरुलाई जोडिएको छ। त्यस लुगाको टाउको, जामा, पेन्ट, पञ्जा तथा जुत्ता जम्मा परी पाँचवटा भाग छन। लुगाको लम्बाइ दुइ मिटर जति छ। त्यसका लागि जम्मा 2498 वटा जेडका टुक्रा र एक हजार एक सय ग्राम सुनको प्रयोग गरिएको छ। लुगाको टाउकाको भागमा आँखा, नाक, कान तथा मुखका लागि बिर्को पनि बनाइएको छ। ती सबै जेडबाट बनाइएका छन।

अनुसन्धानकर्ता विद्बानहरुले जानकारी गराए अनुसार, सुन तथा जेडको लुगा बनाउने प्रक्रिया निकै जटिल छ। सर्वप्रथम ठूल्ठूला टुक्रा जेडलाई काटेर मानव जातिको शरीरका विविध भागको आकार वमोजिम ती जेडका टुक्रालाई भिन्नाभिन्नै नापका पातला टुक्राहरु बनाउनु पर्छ। त्यसपछि जेडका टुक्राका चार कुनामा प्वाल पार्नुपर्छ। विशेषज्ञहरुको नाप अनुसार, केही जेडका टुक्रामा भएका मसिनो प्वाल 0.3 मिलिमिटरका मात्र छन।

लीउ शङ जस्तै उनकी श्रीमती दौ वानको पनि त्यस्तो "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा छ। लीउ शङको जस्तो बराबर छ। तर नाप मात्र अलि सानो छ। उनीहरुका "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा राम्रोसँग राखिएका छन। चीनको पूरातत्त्व क्षेत्रमा सेटका लुगा भेटाइएको यो पहिलो पटक हो। ती लुगा भेटाइएपछि मानिसहरुले हान राज-वंशका जेडका लुगाको बनौटबारे विस्तृत जानकारी लिन सक्छन।

"जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा बाहेक, लीउ शङको समाधिमा सुन, चाँदीले बनाइएको चिकित्सा सियो तथा तामाको मुख धुने भाँडा पनि भेटाइएका छन। ती सामग्रीहरु चीनको प्राचीन कालको अक्युपन्चर प्रविधि तथा चिकित्सा इतिहासको अध्ययन गर्ने महत्वपूर्ण सामग्री हुन। समाधिमा भेटाइएको तामाको फनेल अहिलेसम्म पाइएको सबैभन्दा पूरानो फनेल हो। चीनको खगोल शास्त्रको इतिहासको अध्ययनका लागि यसको निकै ठूलो महत्व छ। लीउ शङले भिरेको तरबार धेरै पटक उच्च तापमा पगाल्ने, त्यसलाई मिहिन पार्न पिट्ने र पाइन हाल्ने प्राचीनकालीन उच्च प्रविधिका माध्यबाट बनाइएको हो। यस तरबार चीनको प्राचीन कालमा इस्पात बनाउने प्रविधिको उत्कृष्ठ उपलव्धिको नमूना हो।

मान छङ हान राज-वंशको समाधिको विशाल मूल्य भएकाले सन 1988मा यस समाधिको भग्नावशेषलाई चीन सरकारले चीनका महत्वपूर्ण पूरातात्त्विक स्थानहरुको संरक्षण सूचीमा समावेश गराएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान