नेपाली भाषा

मान छङमा भेटिएको हान राज-वंशको समाधि र सुन तथा जेडको लुगा

   

चीनको सी हान राज-वंश (इसा पूर्व206 -सन्8)कालका मानिसहरु जेडले मृतकको शरीरलाई बिग्रन वा नष्ट हुन नदिने अथवा त्यसमा त्यस्तो क्षमता भएको कुरामा विश्वास गर्दथे। त्यस कारण राजा र उच्च पदाधिकारीहरुको मृत्यु भएपछि उनिहरुलाई त्यति बेला युद्ध गर्नजाँदा लगाइने पोशाक जस्तो लुगा लगाइन्थ्यो। यस्ता जेडका लुगा बनाउँदा सुनको धागोले विभिन्न आकारका जेडलाई जोडिन्थ्यो। यस्ता लुगालाई "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा भनिन्छ। पूरातत्त्वविदहरुले राम्रोसँग राखिएका यस्ता किसिमका लुगा सन् 1968 मा चीनको उत्तरी भागमा पर्ने ह पै प्रान्तमा पर्ने मान छङ जिल्लामा पहिलो पटक पत्ता लगाएका थिए।

मान छङ हान राज-वंशको समाधि पैचिङ्गदेखि दुइ सय किलो मिटर टाढा ह पै प्रान्तको मान छङ जिल्लामा पर्दछ। यस समाधि सी हान राज-वंशकालका राज्य- चुङ शान राज्यका सम्राट लीउ शङ र उनकी श्रीमती तौ वानको समाधि हो। ऐतिहासिक किताबमा लेखिए अनुसार, लीउ शङ इसा पूर्व 154 मा चुङ शान राज्यका सम्राट बनेका थिए। उनले बयालीस वर्षसम्म शासन गरेका थिए। उनी चुङ शान राज्यका पहिला सम्राट थिए।

लीउ शङको समाधि एउटा अर्कै पहाडमा छ। त्यो सम्पूर्ण पहाड उनको मात्र समाधिस्थल हो। त्यस समाधिस्थलमा भिन्नाभिन्नै प्रयोजनका कोठाहरु छन। तीमध्ये सुत्ने कोठा, बैठक, संगीत सुन्ने कोठा आदि समावेश छन। सम्पूर्ण समाधिस्थल एउटा गुफा-दरबार जस्तो देखिन्छ।

सम्पूर्ण समाधिस्थलको बनौटबाट हेर्दा लीउ शङको समाधिस्थल ध्यानपूर्वक डिजाइन गरिएको ठूलो ढाँचाको परियोजना हो। एउटा चट्टानको पर्वतभित्र त्यत्रो गुफा जस्तै समाधिस्थल तयार पार्नका लागि आधुनिक प्रविधिको उपयोग गर्दा पनि लगभग एक सय जनालाई एक वर्षभन्दा बढी समयल लाग्छ।

लीउ शङको समाधिमा प्रशस्त सामग्री भेटिएका छन। ती सामग्रीहरु ध्यानपूर्वक राखिएको छन। तीमध्ये चिनियाँ माटोबाट बनाइएका भाँडाहरु सबैभन्दा बढी छन। त्यसपछि तामाका, फलामका, सुन तथा चाँदीका। तीमध्ये, "जीन ल्यु यु यी" अथार्त सुन तथा जेडको लुगा विश्वमा सबैभन्दा प्रसिद्ध छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान