नेपाली भाषा

मिंग वंशको स्याउ लिंग समाधिस्थल

   

मिंग वंशको स्याउ लिंग समाधिस्थल र सो वंशका अन्य सम्राटहरुको समाधिस्थलहरु बीच धेरै फरक छ। जस्तो, यहाँको बाटो बंग्याएर लगिएको देखिन्छ। तर यसरी निर्माण गरिनुको कारणबारे हालसम्म पनि थाहा हुनसकेको छैन। तापनि स्याउ लिंग समाधिस्थलको बास्तु-शैलीबाट चीनको मिंग वंशका पछिका सम्राटहरुको समाधिस्थलहरुमा ठूलो प्रभाव परेको छ। स्याउ लिंग समाधिस्थल रहेको पहाडको कम्तिमा साठी प्रतिशत भाग कृत्रिम भएको कुरा पनि पूरातत्वविदहरुले फेला पारेका छन। यसमा प्रशस्त ठूला ढुंगाहरु व्यवस्थित रुपमा राम्रोसँग मिलाएर राखिएको छ। विशेषज्ञहरुले अध्ययन गरेपछि के कुरा थाहा पाउनुभएको छ भने तिनताका सो समाधिस्थलको निर्माण गर्ने मजदूरहरुले ती ठूला ढुंगाहरु तलतिरबाट पहाडमा ल्याइपुर्‍याएका थिए। यसरी यी ढुंगाहरुले त्यस समाधिस्थललाई शान्दार देखाउनुका साथै त्यस समाधिस्थललाई पानीले बगाउन वा ध्वस्त पार्नबाट पनि जोगाएका छन। स्याउ लिंग समाधिस्थलमा अर्को आश्चर्यलाग्दो कुरा पनि छः त्यसमा राखिएका ढुंगाबाट बनाइएका जनावरका मूर्तिहरुमध्ये धेरैजसो हालसम्म तीस करोड वर्षअघिका प्राचीन जनावरहरुका पूरातात्विक अवशेष हुन। स्थानीय तामा खानीमा काम गर्ने एकजना उच्च तहका इन्जिनियरले यो रहष्य पत्ता लगाएका हुन। धेरै विशेषज्ञहरुले यस भनाइप्रति सहमति जनाएका छन। ती इन्जिनियरले सो समाधिस्थलमा रहेका बाइसवटा जनावरका मूर्तिहरुमा लेउ र फोसिल आदि विभिन्न जीवावशेष फेला पारेका छन। पूरातत्व अनुसन्धानको क्षेत्रमा प्राप्त यस उपलव्धिबाट चीनको मिंग वंशका चु युआन चांग सम्राटका स्याउ लिंन समाधिस्थलमा ऐतिहासिक र कलागत मूल्यका साथै वैज्ञानिक मूल्य पनि थपिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान