नेपाली भाषा

मिंग वंशको स्याउ लिंग समाधिस्थल

   

स्याउ लिंग समाधिस्थलको देव-मार्ग स फांग छंग नामको विश्रामस्थलदेखि बाहिरतिर गएको छ। स फांग छंग भन्ने विश्रामस्थलको छानो बिग्रेको छ र भित्ता मात्र देखिन्छ। सो विश्रामस्थलमा एउटा ढुंगाको स्तम्भ छ। श्री चु युआन चांगका छोरा स्वयम् आफैंले लेखेको 2746 अक्षर रहेको एउटा लेख सो सतम्भमा कुँदिएको छ। सो लेखमा श्री चु युआन चांगको श्रेयदानबारे उल्लेख गरिएको छ। देव-मार्गका दुबैतिर सिंह, ऊट, हात्ती र घोडा आदि छ किसिमका बाह्रवटा जनावरका ढुंगाका मूर्तिहरु मुखामुख गरेर उभिएका छन। उत्तरतिर जाने देव-मार्गका दुबैतिर चारजना मन्त्रीका ढुंगाका मूर्तिहरु ठडिएका छन। ती मूर्तिहरु निकै ठूला छन र ती मिंग वंशको ढुंगे वास्तुकलाका अमूल्य निधिहरु हुन।

मिंग वंशको स्याउ लिंग समाधिस्थल

(图:昔日明祖陵的雄伟与壮观)

मिंग वंशको स्याउ लिंग समाधिस्थल

(图:明祖陵神道上的文臣武官人物石刻)

मिंग वंशको स्याउ लिंग समाधिस्थलमा सबैभन्दा गोप्य ठाउँ श्री चु युआन चांग तथा उनकी रानीलाई संयुक्त रुपमा समाधिष्ट गरिएको भूमिगत भवन हो। सो भूमिगत भवन रहेको पाउ छंग नगर स्याउ लिंग समाधिस्थलको केन्द्र हो। पांग छंग नगरलाई एक हजार एक सय मिटर लामो अग्लो भित्ताले घेरिएको छ। थाहा भए अनुसार, श्री चु युआन चांगले आफ्नो समाधिस्थलमा चोरी हुनबाट जोगाउनका लागि तिनताका राजधानीका चारैतिर भएका तेह्रवटा ढोकामा समाधिष्ट समारोहको आयोजना गरेका थिए। ती समारोहहरुमा प्रयोग गरिएका गाडी र घोडा आदिको संख्या पनि बराबर थियो। त्यसैलै कुन ढोकामा आयोजित समाधिष्ट समारोह सक्कली हो भन्ने कुरा थाहा पाउन गाह्रो थियो। श्री चु युआन चांगलाई नान चिंगमा होइन, पेइचिंगमा समाधिष्ट गरिएको अनुमान पनि गरिएको छ। उनलाई सो स्याउ लिंगमा समाधिष्ट गरिएको थियो कि थिएन भन्ने कुरा विगत सयौं वर्षदेखि एक रहष्यकै विषय रहिआएको छ। सन 1997 देखि स्थानीय पूरातत्व विभागले उच्च प्राविधिक उपाय र परम्परागत उपायको प्रयोग गरी भूमिगत भवन वरिपरीका 20 हजार वर्गमिटर क्षेत्रफलका ठाउँहरुको सर्वेक्षण गरेका छ। अन्तमा भूमिगत भवन रहेको स्थल तथा श्री चु युआन चांगको शरीर राखिएको कफिन रहेको स्थल पत्ता लगाइएको छ। पूरातत्वविदहरुको सर्वेक्षणको नतिजा अनुसार सो भूमिगत भवन राम्ररी सुरक्षित छ र त्यसमा चोरी पनि भएको छैन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान