नेपाली भाषा

मिंग वंशको चु लिंग समाधिस्थल

   

चीनका विभिन्न वंशका सम्राटहरुका समाधिस्थलहरुमा मिंग वंश (सन 1368-1644)का सम्राटहरुका समाधिस्थलहरु सबैभन्दा राम्रोसँग र पूर्ण रुपमा सुरक्षित रहेका छन। तीमध्ये चु लिंग नामको समाधिस्थललाई "मिंग वंशको पहिलो समाधिस्थल" भनिन्छ। यो नै मिंग वंशको स्थापना गर्ने सम्राट चु युआन चांगले आफ्ना पूर्खाका लागि निर्माण गरेको समाधिस्थल हो। चीनको इतिहासमा श्री चु युआन चांग (सन 1368-1398) एकजना धेरै गोप्य कुरा भएका सम्राट थिए। उनको परीवार निकै गरिब थियो। पहिले उनी बाँच्नका लागि एउटा मन्दिरमा भिक्षु बनेका थिए। त्यसपछि उनी युआन वंश (सन 1271-1368) को विरोध गर्ने किसानहरुको विद्रोही सेनामा भर्ना भएका थिए। बहादुर र बुद्धिमान भएका कारण श्री चु युआन चांग एकजना सामान्य सैनिकबाट किसानहरुको बिद्रोही सेनाका नेता बनेका थिए। सन 1368 मा उनले सम्राटको सत्तासम्म पुगी अन्त्यमा चीनको एकीकरण गरेका थिए।

श्री चु युआन चांग सम्राट बनेपछि आफ्ना पूर्खाको स्मृतिमा आफ्ना बाजे आदिका लागि पोशाक समाधिस्थलको निर्माण गरे। पोशाक समाधिस्थल भनेको स्वर्गबास भैसकेका व्यक्तिहरुका पोशाक र टोपी आदिलाई गाडिएको समाधिस्थल हो। वास्तवमा श्री चु युआन चांगका बाजेलाई चु लिंग समाधिस्थल रहेको ठाउँमै समाधिष्ट गरिएको थियो।

मिंग वंशको चु लिंग समाधिस्थल पूर्वी चीनको स्यु यी जिल्लामा पर्ने प्राचीन कालको स चु शहरमा पर्दछ। त्यसको छेऊमा चीनका चारवटा ठूलाखाले तलाउहरुमध्येको एक हुँ च हु तलाउ रहेको छ। चु लिंग समाधिस्थलको निर्माण गर्न अठ्ठाइस वर्ष लागेको थियो। ऐतिहासिक सामग्रीका अनुसार, चु लिंग समाधिस्थलका तीनवटा भित्ता र तीनवटा पुल हुनुका साथै हजारौं भवन, विश्राम स्थल र अन्य कक्षहरु छन। सो समाधिस्थल निकै विशाल तथा शान्दार देखिन्छ। चु लिंग समाधिस्थलमा दुइ सय पचास मिटर लामो एउटा "देव-मार्ग" छ। सो मार्गको दक्षिणतिर समाधिस्थलको ढोका छ भने उत्तरतिर श्री चु युआ चांगका पूर्खालाई समाधिष्ट गरिएको भूमिगत भवन छ। बाटाका दुबैतिर बयालिसवटा ढुंकागा मूर्तिहरु छन। तीमध्येका हरेक ढुंगाका मूर्तिको तौल केही टन छ। ती मूर्तिहरु निकै बलिया र बहादुर देखिन्छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान