नेपाली भाषा

सान सिंग तुई भग्नावशेष

   

चीन निकै विशाल छ। यस विशाल र फराकिलो भूमिमा प्राचीन कालमा धेरै जातीय राज्यहरु थिए। हालको स छुआन प्रान्त नै प्राचीन कालको शु राज्य थियो। गत शताव्दीको 70को दशकमा यहाँ फेला पारिएको सान सिंग तुई भग्नावशेषले विश्वको ध्यानाकर्षित गरेको छ।

सान सिंग तुई भग्नावशेष

स छुआन प्रान्तको क्वाँग हान शहरमा रहेको सान सिंग तुई भग्नावशेष प्राचीन शु राज्य (सन पाँच हजारदेखि तीन हजारसम्म)को भग्नावशेष हो। सन 1929 को वसन्त याममा त्यहाँका एकजना किसानले बारीमा खन-जोत गर्दा आफ्नो खेतमा एउटा सुन्दर जेड फेला पारेका थिए। त्यसमा देखाइएको शु राज्यको गाढा विशेषताले विश्वको ध्यानाकर्षित गर्नुका साथै त्यहाँ तीन हजार वर्षसम्म सुसुप्त अवस्थामा रहेको सान सिंग तुई सभ्यताको खोजी गर्न प्रेरित गरेको थियो। त्यस स्थानको उत्खनन गर्ने क्रममा सन 1986 मा पूरातत्वविदहरुले त्यहाँ दुइवटा विशाल पूजा-स्थल फेला पारे। ती दुइवटा स्थलहरुमा सुरक्षित अवस्थामा रहेका एक हजारभन्दा बढी अमूल्य पूरातात्विक वस्तुहरुले सारा विश्वलाई आश्चर्यचकित तुल्याएका छन। ती पूरातात्विक वस्तुहरु फेला पर्दैजाने क्रममा मानिसहरु विभिन्न प्रकारका प्रश्नहरु गर्न पनि वाध्य भएका छन।

सान सिंग तुई भग्नावशेषमा काँसका प्रशस्त मकुण्डाहरु पाइएका छन। यसअघि चीनको मध्य भागमा पर्ने ह नान प्रान्तमा उत्खननका क्रममा काँसबाट बनाइएका धेरै सुन्दर वस्तुहरु फेला परेका थिए, तर काँसबाट बनाइएका मकुन्डाहरु पहिले कतै फेला परेका थिएनन। सान सिंग तुई भग्नावशेषमा फेला पारिएका अधिकांश मकुण्डाहरुमा मोटो आँखिभौं, ठूला आँखा, अग्लो नाक र ठूलो खाने मुख भएको पाइएको छ। ती काँस्य मकुण्डाहरुका हरेक कानमा एउटा सानो प्वाल छ। ती मकुण्डाहरुको आकृति वर्तमान मानिसको तुलनामा धेरै फरक छ। त्यसैले ती मकुण्डाहरुले कसको प्रतिनिधित्व गरेको भन्ने कुरा बारे पूरातत्वविदहरु अझै अस्पष्टै छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान