नेपाली भाषा

चीनको पल्लो शान सी प्रान्तको फा मन मन्दिरको पूरातत्व कार्य

   

यहाँ सुन तथा चाँदीबाट बनाइएका र अन्य जलप लगाइएका सयौं रंगीचंगी वस्तुहरु पनि फेला पारिएको छ। तीमध्ये पहिले हराएका चिनियाँ माटोद्बारा बनाइएका सोह्रवटा वस्तुहरुले चिनियाँ माटोद्बारा बनाइने वस्तुको अध्ययनमा संलग्न विशेषज्ञहरु आकर्षिक भएका छन। ती वस्तुहरु चीनको थाँग बंशमा राज-परीवारमा मात्र प्रयोग गरिएका वस्तुहरु हुन। एकदमै कुशलतापूर्वक तयार पारिएका ती सोह्रवटा वस्तु निकै राम्ररी सुरक्षित छन।

फा मन मन्दिरको भूमिगत राज-भवनमा फेला पारिएका अमूल्य पूरातात्त्विक वस्तुहरुको उचित संरक्षण र प्रदर्शनका लागि स्थानीय सरकारले त्यहाँ एउटा संग्रहालयको निर्माण गरेको छ। चिनियाँ र जर्मन पूरातत्वविदहरुले उच्च प्रविधिको प्रयोग गरी त्यस भवनमा फेला पारिएका रेशमका वस्तुहरुको पनि संरक्षण गरेका छन। सन 2002 मा सो भूमिगत राज-भवनमा फेला पारिएको बुद्धको हस्थीलाई चीनको थाइवानमा पुर्‍याइएको थियो। एक महिनाभित्र झण्डै चार सयजनाले त्यहाँ गएर बुद्धको हस्थीको पूजाआजा गरेका थिए।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान