नेपाली भाषा

चीनको पल्लो शान सी प्रान्तको फा मन मन्दिरको पूरातत्व कार्य

   

स्तूपको जगमा बुद्धको अमूल्य हस्थी गाडिएकाले फा मन मन्दिर निकै पवित्र र लोकप्रिय छ। त्यसको नाम सारा विश्वमा फैलिएको छ र त्यसैले यो मन्दिर बौद्ध धर्मको प्रसिद्ध मन्दिर बनेको छ। चीनको ऐतिहासिक सामग्रीका अनुसार, चीनको थाँग बंशका आठजना सम्राटहरुले धेरै पटक बुद्धको हस्थीलाई आफ्नो दरवारमा राख्नुका साथै ठूलो मात्रामा अमूल्य वस्तुहरु फा मन मन्दिरको भूमिगत राज-भवनमा गाडेका थिए। तर युद्ध र भुइँचालो आदि कारणले गर्दा फा मन मन्दिर क्रमशः क्षतिग्रस्त हुँदैगयो।

सन 1981 मा फा मन मन्दिरमा सयौं वर्षसम्म सुरक्षित अवस्थामा रहेको तेह्र तलाको स्तूप बाढीका कारण भत्कियो। सन 1987 मा पल्लो शान सी प्रान्तको पूरातत्व टोलीले फा मन मन्दिरको आधारको सर्वेक्षण गर्ने क्रममा एक हजार एक सय तेह्र वर्ष पूरानो चीनको थाँग बंशको भूमिगत राज-भवन पुनः फेला परेको छ।

सो भूमिगत राज-भवनको लम्बाइ 21.4 मिटर छ भने त्यसको क्षेत्रफल 31.48 वर्गमिटर छ। यसमा अग्र कक्ष, पछाड कक्ष र मञ्च आदि गरी छवटा भाग रहेका छन। यसमा बुद्धको हस्थी बाहेक थाँग बंशका थुप्रै अन्य पूरातात्त्विक वस्तुहरु पनि फेला पारिएको छ। यसमा सुन र चाँदीबाट बनाइएका वस्तुहरु, चिनियाँ माटोद्बारा बनाइएको वस्तुहरु र रेशमका वस्तुहरु लगायत जम्मा नौ सय जति अमूल्य पूरातात्त्विक वस्तुहरु पाइएका छन। विशेष गरी, सो भूमिगत भवनमा फेला पारिएको बुद्धको हस्थी नै चीनको छिन वंशको टेराकोटा पछि पूरातात्त्विक अनुसन्धानको क्षेत्रमा प्राप्त भएको अर्को एउटा महत्वपूर्ण उपलव्धि हो। र साथै चीन तथा विदेशका बौद्ध धर्म तथा विश्वको साँस्कृतिक इतिहासको एउटा महत्वपूर्ण उपलव्धि पनि हो यो।

बुद्धको अमूल्य हस्थी बाहेक फा मन मन्दिरको भूमिगत भवनमा फेला पारिएको रेशमबाट बनाइएका वस्तुहरु पनि निकै महत्वपूर्ण छन। चीनको उत्तर-पश्चिमी भागमा पर्ने कान्सु प्रान्तको तुन व्हाँग गुफा पछि सोही भूमिगत राज-भवनमा चीनको थाँग बंशका परिमाण र किसिमका हिसाबले सबैभन्दा बढी र सबैभन्दा उच्च मूल्यका रेशमका वस्तुहरु फेला पारिएको छ। यसलाई चीनको थाँग बंशका रेशमका वस्तुहरुको भण्डार पनि भनिन्छ। ती रेशमका वस्तुहरु निकै कुशलतापूर्वक बनाइएको छ। तीनमा प्रयोग गरिएको स्वर्ण-धागोको औसत परिधि शुन्ना दशमलब एक(0.1) मिलीमिटर छ। सबैभन्दा मसिनो धागोको परिधि शुन्ना दशमलब छ छ(0.66) मिलीमिटर मात्र छ। अझ स्पष्टसङ्ग भन्नुपर्दा त्यो मानिसको कपालभन्दा पनि मसिनो छ। सो भूमिगत राज-भवनमा भएको एउटा बाकसमा राखिएका 780 तहका रेशमका वस्तुहरुको कूल उचाइ त्याइस सेन्टिमिटर मात्र छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान