नेपाली भाषा

सिस्या वंशका सम्राटहरुको समाधिस्थल

   

सिस्या राज्यका सम्राटहरुका नौवटा समाधि-पार्कहरुमध्ये तीन नम्बरको पार्कले सबैभन्दा बढी ठाउँ ओगटेको छ र सबैभन्दा राम्ररी सुरक्षित रहेको छ। यो नै सिस्या राज्यका संस्थापक सम्राट ली युआन हाउको समाधिस्थल रहेको ठहर पूरातत्वविदहरुले गरेका छन। त्यसैले सिस्या राज्यका सम्राटहरुका समाधिस्थलको पूरातात्त्विक अनुसन्धान कार्यको मुख्य विषय पनि यहीं तीन नम्बरको समाधि-पार्कको सर्वेक्षण हो।

सिस्या वंशका सम्राटहरुको समाधिस्थल

त्यस समाधिस्थलमा रहेका स्तूपलाई "पूर्वी पिरामिड" भनिन्छ। ती स्तूप समाधिस्थलको उत्तर-पश्चिमी क्षेत्र र समाधि-कक्षको ठ्याक्कै पछाडिपट्टि रहेका छन। सो वास्तु आठवटा कुना रहेको पिरामिड आकारको वास्तु हो। यो स्तूप माथितिर बढ्दैजाँदा क्रमशः सानो हुँदैजान्छ र केही सिंढीहरु बनेको जस्तो देखिन्छ। तीमध्ये सबैभन्दा ठूलो स्थानको परिधि चौतिस मिटर जति छ। सो स्तूपको आधारमा सात तह अथवा पाँच कति तह रहेको भन्ने कुरा हालसम्म एकीन हुन सकेको छैन। यो समाधि-स्तूप सिस्या राज्यका सम्राटहरुको समाधिस्थलमा रहेको महत्वपूर्ण र विशेष वास्तु हो। चीनका अन्य क्षेत्रका समाधिस्थलमा यस्तो स्तूप देखिंदैन। यसबाट सिस्या राज्यका ठूला-ठालूको समाधिमा विशेष खालको रितिरीवाजको विशेषता देखिन्छ।

सन 2000 को अप्रिल 30 तारिखका दिन पूरातत्वविदहरुले उक्त तीन नम्बरको समाधि-पार्कको सर्वेक्षण गर्दा त्यसको उत्तर-पूर्वी कुनामा एउटा मूर्ति फेला पारेका छन जसमा मानिसको अनुहार र चराको शरिर बनाइएको छ जसलाई "चरा-मानिस" को नाम दिइएको छ। पूरातत्वविदहरुले अनुसन्धान गरेपछि के ठहर गरेका छन भने त्यो "चरा-मानिस" बुद्ध धर्मको पाठ्य-पुस्तकमा उल्लेख गरिएको च्यालिङ फिका नामको चरा हो। सँस्कृत भाषामा यसको उचारण "गरुड" हो भने चिनियाँ भाषामा त्यसलाई "मीठो स्वरको चरा" भनिन्छ। यो नै हिमालयमा रहेको एउटा चरा हो, त्यसको स्वर निकै मीठो हुन्छ। यस चरालाई बौद्ध धर्ममा स्वर्गको चरा भनिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान