नेपाली भाषा

सिस्या वंशका सम्राटहरुको समाधिस्थल

   

चीनको उत्तर-पश्चिमी भागमा पर्ने निंग स्या व्है जातीय स्वायत्त प्रदेशमा फेला पारिएका सिस्या वंशका सम्राटहरुको समाधिस्थल बिसौं शताव्दीमा चीनको पूरातात्त्विक अनुसन्धानका क्षेत्रमा हासिल गरिएका एक सयवटा महत्वपूर्ण उपलव्धिहरुमध्येको एक हो। चीनका अल्पसंख्यक जातिको पूरातात्त्विक इतिहासमा त्यसको महत्वपूर्ण स्थान रहेको छ।

आजदेखि 770 वर्ष अघि चीनमा तीनवटा ठूल्ठूला राज्यहरु थिए। ती राज्यहरुमा मध्यभागमा पर्ने हान जातिको राज्य "सुन", उत्तर-पूर्वी भागमा पर्ने न्यू चंग जातिको राज्य "ल्याउ" र उत्तर-पश्चिमी भागमा पर्ने तांग स्यांग जातिको साम्राज्य "तास्या" अर्थात "सिस्या" थिए।

एउटा स्वाधीन साम्राज्यका रुपमा रहेको सिस्याको आफ्नै भाषा र लिपि थियो। तर सन 1227 मा मंगोलियाली जातिका नेता छँगची सहानको नेतृत्वमा गएको सेनाले सिस्या राज्यमाथि प्रहार गरी त्यहाँका तांग स्यांग जातिका व्यक्तिहरुलाई ठूलो मात्रामा मारिदिएको थियो। यस क्रममा सिस्या राज्यका विभिन्न सामग्रीहरु पनि पूर्ण रुपमा ध्वस्त पारिएको थियो। त्यसरी पहिले समृद्ध अवस्थामा रहेको सिस्या राज्यद्बारा हालका मानिसहरुलाई केही पहेली छोडिएको थियो।

गत शताव्दीको 70को दशकको शुरुमा सिस्या राज्यका सम्राटहरुको समाधिस्थल आकस्मिक रुपमा फेला परेको थियो। त्यसपछि चीनका पूरातत्वविदहरुले धेरै पटक त्यहाँ सर्वेक्षण गरी सिस्या राज्यका सम्राटहरुको समाधिस्थलको बनौटबारे प्राथमिक रुपमा जानकारी हासिल गरेका छन।

सो समाधिस्थलले पचास वर्गकिलोमिटर जति क्षेत्रफल ओगटेको छ। यसमा सम्राटहरुका नौवटा समाधि-पार्क तथा ठूला-ठालुहरुका 250 वटाभन्दा बढी समाधिस्थलहरु छन। यो समाधिस्थल चीनमा हालसम्म सुरक्षित सबैभन्दा ठूलो सम्राटहरुका समाधिस्थलहरुमध्येको एक हो। र साथै जमीनमाथि भएर पनि सबैभन्दा राम्ररी सुक्षित रहेका पूरातात्त्विक वस्तुहरुमध्येको एक पनि हो। त्यो समाधिस्थल पेइचिंगमा रहेको चीनको मिंग वंशको श सान लिन नामको समाधिस्थलजत्तिकै ठूलो छ। सम्राटहरुको हरेक समाधिस्थल स्वतन्त्र र पूर्ण वास्तुहरुको समूह हो। ती समाधिहरु सबै दक्षिणतिर फर्किएका छन र निकै शान्दार देखिन्छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान