नेपाली भाषा

इन स्यु भग्नावशेष र च्या कु वन अक्षर

   

सन 1913 मा छापिएको श्री ल्यु अको "थे युन छांग क्वै" शिर्षकको किताब नै च्या कु वन अक्षरको अध्ययन सम्बन्धी सबैभन्दा पहिलो किताब हो। चीनका प्रसिद्ध इतिहासविद तथा साहित्यकार को म रोले सन 1929 मा प्रकाशित गर्नुभएको "च्या कु वन अक्षरको अध्ययन" शिर्षकको किताव पनि यस बारेको अर्को एउटा महत्वपूर्ण किताब हो। हाल चीनमा च्या कु वन अक्षरको अध्ययन क्षेत्रमा पेइचिंग विश्व विद्यालयका प्रिफेक्चर फलाना छ्यौ सि ख्वै र चीनको इतिहास केन्द्रका प्रिफेक्चर फलाना ली स्वे छिन नै आधिकारिक विशेषज्ञ हुनुहुन्छ।

इन स्यु भग्नावशेषमा देखापरेको चीनको शांग वंशको च्या कु वन अक्षर कुँदिएको कछुवाको आवरणबाहेक विगत केही वर्षमा चीनले शांग वंशभन्दा अझ पहिलेको सि चौ वंशको च्या कु वन पनि फेला पारेको छ। तर ती कछुवाका आवरणमा कुँदिएका अक्षर निके थोरै भएकाले शांग वंशको तुलनामा त्यति महत्वपूर्ण छैनन। विगत सत्तरी वर्षदेखि यता चीनका पूरातत्वविदहरुले च्या कु वन अक्षरका साथै इन स्यु भग्नावशेषमा राजभवन र मन्दिरहरुका पचासभन्दा बढी भग्नावशेष, सम्राटका बाह्रवटा ठूल्ठूला समाधि-स्थलहरु, ठूला-ठालू र सर्वसाधारणका हजारौं समाधि-स्थलहरु, एक हजार जति पूजा-स्थल, पाँचवटा साना हस्त-कला कारखाना तथा प्रशस्त काँस्य वस्तु र चिनियाँ माटोद्बारा बनाइएका वस्तुहरु फेला पारेका छन। यसबाट चीनको प्राचीन समाजको इतिहास बारे अनुमान गर्न सकिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान