नेपाली भाषा

इन स्यु भग्नावशेष र च्या कु वन अक्षर

   

इन स्यु भग्नावशेष र च्या कु वन अक्षरइन स्यु भग्नावशेष र च्या कु वन अक्षर

च्या कु वन

च्या कु वन भनेको कछुवाको आवरण र जनावरको हाडमा कुँदिएको चीनको प्राचीन अक्षर हो। शांग वंशका सम्राटले कुनै पनि कार्य शुरु गर्नुअघि शुभ साइत हेराउने गर्थे। च्या कु अर्थात कछुवाको आवरण नै तीनताका साइत हेर्ने साधन थियो।

त्यसको प्रयोग गरिनुअघि त्यसको आवरणमा रहेको रगत र मासुलाई हटाउनुपर्थ्यो र त्यसलाई सम्म पार्नुपर्थ्यो। अनि कछुवाको आवरणको भित्री सतहमा छुरीद्बारा केही खाल्डो बनाउनुपर्थ्यो। ती खाल्डाहरु व्यवस्थित हुन्थे। साइत हेर्ने ज्योतिषले आफ्नो नाम, साइत हेरेको तिथि र सोधिएको प्रश्न त्यस आवरणमा कुँदेर जलाउँथ्यो। जलाएपछि तातोका कारण ती खाल्डाहरु बिग्रेर चिरा-चिराजस्तो मात्र देखिन्थे। ज्योतिषले ती चिराहरुका आधारमा शकुन-अपशकुन बारे थाहा पाउँथे र सो नतिजा ठीक छ कि छैन भन्ने कुरा पनि कछुवाको आवरणमा कुँद्थे। शकुन शुभ देएको खण्डमा शकुन सम्बन्धी कुरा कुँदिएको कछुवाको त्यस आवरणलाई सरकारी सामग्रीको रुपमा सुरक्षित राखिन्थ्यो।

हालसम्म इन स्यु भग्नावशेषमा त्यस्तै च्या कु वन अक्षर कुँदिएका जम्मा एक लाख साठी हजारभन्दा बढी कछुवाका आवरणहरु पाइएका छन। तिनीहरुमा पूर्ण आवरण, र साथै अक्षर नकुँदिएका फुटेका साना आवरण पनि छन। सम्बन्धित तथ्याङ्क अनुसार, ती कछुवाका आवरणहरुमा चार हजारभन्दा बढी विभिन्न किसिमका अक्षरहरु छन। विद्बानहरुले तीमध्येका तीन हजारभन्दा बढी अक्षरहरुको अध्ययन गरिसकेका छन। तिनीहरुमध्ये एक हजार जति अक्षरहरुका बारेमा विशेषज्ञहरु बीच एकमत कायम भएको छ भने अन्य अक्षरहरुका बारेमा ठूलो मतभेद रहेको पाइएको छ। तापनि ती एक हजार जति अक्षरहरुबाट चीनको शांग वंशको राजनैतिक, आर्थिक तथा साँस्कृतिक आदि विभिन्न क्षेत्रहरुको अवस्थाबारे मोटामोटी रुपमा जानकारी हासिल गर्न सकिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान