नेपाली भाषा

इन स्यु भग्नावशेष र च्या कु वन अक्षर

   

चीनको हजारौं वर्ष लामो सभ्यताका विविध प्रमाणहरु पृथ्वीको गर्भमा हालसम्म पनि सुरक्षित छन। बीसौं शताव्दीमा पश्चिमबाट पूरातत्व विज्ञानको प्रवेश चीनमा भएदेखि यता चीनमा पूरातात्विक महत्वका वस्तुहरुको उत्खनन तथा अन्वेषणका क्षेत्रमा अनेकौं उपलव्धि हासिल गरिएको छ।

चीनको मध्य भागमा पर्ने ह नान प्रान्तको आन याँग शहरमा 24 वर्गकिलोमिटर जति क्षेत्रफलमा फैलिएको एउटा पूरानो राजधानीको भग्नावशेष रहेको छ। यो नै विश्व प्रसिद्ध भग्नावशेष- इन स्यु भग्नावशेष हो। सम्बन्धित सामग्रीका अनुसार, इशा पूर्व चौधौं वर्षमा चीनको शांग वंशका राजा फान कंगले आफ्नो राज्यको राजधानी शान तुंग प्रान्तको छ्यु फुबाट आन याँगमा सारेका थिए। त्यसपछिका झण्डै तीन सय वर्षमा यो शांग वंगको राजनैतिक, साँस्कृतिक तथा आर्थिक केन्द्र रहेको थियो। इशा पूर्व 1046 मा चौ वंशका ऊ वांग सम्राटले शांग वंशका अन्तिम सम्राट- जौलाई पराजित गरेको थिए। यसरी शांग वंशको पतन भयो र त्यसको राजधानी पनि बिस्तारै-बिस्तारै एउटा भग्नावशेष स्थलमा परिणत भयो। चीनको शांग वंशलाई "इन वंश" पनि भनिने भएकाले यसलाई "इन स्यु" भग्नावशेष भनिएको हो।

इन स्यु भग्नावशेष र च्या कु वन अक्षर

इन स्यु भग्नावशेष

इन स्यु भग्नावशेषको उत्खनन नै बिसौं शताव्दीमा चीनको पूरातात्विक अन्वेषण क्षेत्रको सबैभन्दा महत्वपूर्ण उपलव्धि हो। सन 1928 मा त्यसको पहिलो पटक सर्वेक्षण गरिएदेखि यता त्यहाँ च्या कु वन अक्षर र काँस्य वस्तु लगायत ठूलो परिमाणमा पूरातात्विक वस्तुहरु पत्तो लगाइको छ। तीमध्ये च्या कु वन अक्षर नै विश्व पूरातत्वको इतिहासमा रहेका एउटा महत्वपूर्ण घटनाहरुमध्येको एक हो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान