नेपाली भाषा

चीनको माई ची शान गुफा र लुँग मन गुफा

   

चीनको ह नान प्रान्तको लुँग मन गुफा लो याँग शहरदेखि तेह्र किलोमिटर दक्षिणको इ ह नदीका दुबै किनारमा पर्दछ। प्राचीन कालमा त्यहाँका सुन्दर दृश्यावली र थुप्रै मन्दिरहरुले धेरै पर्यटकहरुलाई आकर्षित गर्नेगरेका थिए। लुँग मन गुफाको निर्माण चीनको पै वै वंशका वन सम्राटले राजधानीलाई लो याँग शहरमा सारेको अवधि (सन 493)मा थालिएको थियो। त्यसपछि विभिन्न वंशहरुमा चार सय वर्षसम्म ठूलो मात्रामा निर्माण दुइ हजार तीन सयभन्दा बढी गुफाहरुमा एक लाखभन्दा बढी मूर्तिहरु छन। यसका अतिरिक्त, यहाँ तीन हजार छ सयभन्दा बढी सतम्भहरु र चालिसवटा स्तूपहरु पनि छन। सो गुफाका भित्ते चित्रहरुमा लेखिएका परिहरुमध्ये केही उडिरहेको बादलमा स्वतन्त्र रुपमा विचरण गरिरहेका छन, केही फलफूल लिएर नाचिरहेका छन, केही गीत गाइरहेका छन त केही फूलहरु छरिरहेका छन। ती परिहरुको सुन्दरता देखेपछि तपाईं छक्क पर्नुहुनेछ।

चीनको माई ची शान गुफा र लुँग मन गुफा

प्राचीन कालका कलाकारहरुले रचेका ती विविधतापूर्ण कला-मूर्तिहरु नै चीनको प्राचीन इतिहास र कलाबारे अध्ययन गर्ने महत्वपूर्ण सामग्री हुन। लुँग मन गुफामा सबैभन्दा पहिले निर्माण गरिएको कु याँग प्वालका विविध विषयहरु छन। त्यसमा रहेका पारदर्शक मूर्तिहरु र रंगिचंगी चित्रहरु नै चीनको पै वै वंशको गुफा कलाबारे अध्ययन गर्ने अमूल्य सामग्री हुन। सो गुफाका मूर्तिहरुमा लेखिएका अक्षरहरु चीनको लिपीको इतिहासबारे अध्ययन गर्ने महत्वपूर्ण सामग्री बनेका छन। सन 500 देखि 523 सम्म निर्माण गरिएको पिन याँग कोडार रहेको गौतम बुद्ध तथा उहाँका शिश्यहरु र बोधिसत्वका मूर्तिहरुको दुब्लो मुख तथा तिनीहरुका खुम्चिएका पोशाकबाट चीनको पै वै वंशमा मूर्ति कलाको विशेषता झल्किन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान