नेपाली भाषा

चीनको माई ची शान गुफा र लुँग मन गुफा

   

माई ची शान गुफा उत्तर-पश्चिमी चीनको कान्सु प्रान्तको थ्येन श्वे शहरदेखि पैचालिस किलोमिटर दक्षिण-पूर्वको पहाडी क्षेत्रमा पर्दछ। सो गुफाको उचाइ एक सय पचास मिटरभन्दा बढी छ। ऐतिहासिक सामग्री अनुसार, माई चीन शान गुफाको निर्माण चीनको छिन वंशको पछिल्लो अवधि (लगभग इशापूर्व तेस्रो शताव्दी) मा थालिएको थियो। त्यसपछि क्रमशः तीस मिटर र सत्तरी मिटर अग्लो ठाडो भीरमा बुद्धका मूर्तिहरु कुँदिएको थियो।

चीनको माई ची शान गुफा र लुँग मन गुफा

माई ची शान गुफा

चीनको माई ची शान गुफा र लुँग मन गुफा

माई ची शान गुफा

विभिन्न तहमा कुँदिएका यी गुफाहरु निकै शान्दार देखिन्छन। माई ची शान गुफामा हाल चीनको पै वै, सि वै, पै चौ, स्वै, थांग, ऊ ताई, सुँग, युआन, मिंग र छिन यी विभिन्न वंशहरुमा कुँदिएका एक सय चौरानब्बेवटा माटाका मूर्तिहरु तथा सात हजारभन्दा बढी ढुंगाका मूर्तिहरु छन। यसका साथै सो गुफामा कुँदिएका भित्ते चित्रहरुको क्षेत्रफल एक हजार तीन सय वर्गमिटर जति छ। सो गुफामा मानिसको वास्तविक उचाइका हजारौं मूर्तिहरु सजीव जस्तै देखिन्छन। तीमध्ये शालीन बुद्ध र बोधिसत्व तथा उनका शिश्यहरु पनि छन। तीमध्ये केहीले आँखा बन्द गरेर वौद्ध-मन्त्र पढिरहेका छन, केहीले अरुसँग सानो स्वरमा कुराकानी गरिरहेका छन, केही हाँसिरहेका छन भने केहीले हात चलाइरहेका छन। यसका अतिरिक्त, सो गुफामा धर्मभक्त किशोर तथा चकचके वालकको आकृति पनि कुँदिएको छ। अमिताभको लगभग सोह्र मिटर अग्लो मूर्ति र दश सेन्टिमिटर जति अग्लो मूर्ति लगायत यहाँका सबै मूर्ति सजीव देखिन्छन। यी मूर्तिहरुले चीनको वौद्ध धर्मको इतिहास, पूरातत्व र रितीरिवाजको अध्ययनका लागि महत्वपूर्ण वास्तविक प्रमाण प्रदान गरेका छन। माई ची शान गुफा टाढा जंगलमा रहेकाले विभिन्न वंशहरुको युद्धबाट ध्वस्त हुन र मानिसद्बारा उत्खनन गर्न तथा लुट्नबाट जोगिएको छ। त्यसैले सो गुफा आधारभूत रुपमा राम्ररी सुरक्षित अवस्थामा छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान