नेपाली भाषा

चीनको प्राचीन "रेशम मार्ग"

   

इस्वी सम्बतअनुसार नवौं शताव्दीपछि यूरोप तथा एशिया महाद्बीपको राजैतिक तथा आर्थिक परिस्थितिमा परिवर्तन भएको थियो। विशेष गरी, समुद्री यात्रा सम्बन्धी प्रविधि विकसित भएपछि व्यापारका क्षेत्रमा समुद्री यातायातको भूमिका दिनप्रति दिन व्यापक हुँदैआएको थियो। त्यसैले परम्परागत "रेशम मार्ग" क्रमशः बन्द भएको थियो। दशौं शताव्दीमा चीनको सुंग वंशताका व्यापारका लागि "रेशम मार्ग" को प्रयोग निकै कम भैसकेको थियो।

प्राचीन कालमा दीर्घकालसम्म प्रयोगमा रहेको "रेशम मार्ग" ले विश्व सभ्यताको विकास प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। गत केही वर्षदेखि यता युनेस्कोद्बारा संयोजन गरिएको "रेशम मार्ग" को नयाँ अध्ययन योजनामा सो राजमार्गलाई "वार्ताको बाटो" भनिन्छ किनभने यसले पूर्वी र पश्चिमी क्षेत्र बीचको आदान-प्रदानलाई अघि बढाएको थियो

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान