नेपाली भाषा

चीनको प्राचीन "रेशम मार्ग"

   

"रेशम मार्ग" को जाल जस्तो जटिल मार्ग-प्रणालीमार्फत प्राचीन कालमा पूर्व र पश्चिमी क्षेत्रहरु बीचको आवत-जावतले निरन्तरता पाएको थियो। सातौं शताव्दीदेखि नवौं शताव्दीसम्मको चीनको थांग वंश कालमा सो "रेशम मार्ग" को सबैभन्दा समृद्ध अवधि थियो। सोही अवधिमा चीन र पश्चिमी मुलुकहरु बीचको आदान-प्रदान व्यापक र विस्तृत देखिन्थ्यो। तिनताका पश्चिमी क्षेत्रमा दुर्लभै पाइने जनावर, मसला, जुहारत, सिसाबाट बनाइने वस्तुहरु तथा सुन र चाँदीका सिक्काका साथै पश्चिम र मध्य एशियाको संगीत, नाच-गान, खाना र पोशाक आदिले पनि ठूलो मात्रामा चीनमा प्रवेश पाएका थिए। उता चीनका वस्तु-सामग्री तथा प्रविधि पनि यसै "रेशम मार्ग" मार्फत विश्वका विभिन्न ठाउँहरुसम्म पुगेका थिए। रेशम, कागजको उत्पादन प्रविधि, छाप्ने प्रविधि, बार्निस लगाइएका वस्तुहरु, चिनियाँ माटोबाट बनाइने वस्तुहरु, धूलो औषधि र कम्पास आदि चिनियाँ वस्तुहरुले विश्व सभ्यताका लागि निकै ठूलो र महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

भौतिक व्यापारका साथै "रेशम मार्ग" मा भएको साँस्कृतिक आदान-प्रदान पनि निकै व्यापक थियो। विश्वका तीनवटा ठूला धर्महरुमध्येको एक- वौद्ध धर्मले यसै मार्ग मार्फत चीनको सि हान (इशापूर्व 206-220) को अन्ततिर चीनभित्र प्रवेश गरेको थियो। तेस्रो शताव्दीमा निर्माण गरिएको चीनको सिन् च्यांगको कचर गुफामा कुँदिएका चित्रहरुले प्राचीन कालको वौद्ध धर्म भारतबाट चीनभित्र फैलिएको कुरा बारे जानकारी दिएका छन। वौद्ध धर्म भारतबाट "रेशम मार्ग" मार्फत क्रमशः चीनको सिन् च्यांगको कचर र कान्सुको तुन व्हांग आदि ठाउँ हुँदै चीनको भित्री भागमा फैलिएको थियो। "रेशम मार्ग" मा सुरक्षित भएका तुन व्हांग गुफा र लुंग मन गुफा आदि वौद्ध धर्मका प्रसिद्ध गुफाहरुमा पूर्वी र पश्चिमी क्षेत्रका कला शैलीहरु मिसिएका छन। यी गुफाहरु नै "रेशम मार्ग" मा भएको चीन र पश्चिमी क्षेत्र बीचको आदान-प्रदानका प्रमाण हुन। हाल यी गुफाहरु विश्वको साँस्कृतिक सम्पत्ति बनेका छन।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान