नेपाली भाषा

चीनको प्राचीन "रेशम मार्ग"

   

दुइ हजार वर्षभन्दा बढी समयसम्म चालु रहेको पूरानो व्यापारिक बाटो- "रेशम मार्ग" विश्वमा निकै प्रसिद्ध छ। सो मार्गले चीन र यूरोप, एशिया तथा अफ्रिकाका मुलुकहरु बीच पुलका रुपमा प्राचीन कालमा विश्वका पूर्वी र पश्चिमी क्षेत्र बीचको भौतिक आवत-जावत तथा सभ्यताको आदान-प्रदानका लागि महत्वपूर्ण योगदान गरेको थियो।

यो "रेशम मार्ग" प्राचीन कालमा चीनबाट दक्षिण एशिया, पश्चिम एशिया, यूरोप र उत्तर अफ्रिकातर्फ जाने स्थलगत व्यापारिक मार्ग थियो। ठूलो मात्रामा चीनको रेशम र रेशमबाट बनाइएका वस्तुहरु सो मार्गबाट पश्चिमका अन्य मुलुकहरुसम्म पुर्‍याइएकाले यस मार्गलाई "रेशम मार्ग" भनिएको हो। पूरातत्वविद्‍हरुले इशापूर्व पहिलो शताव्दीमा "रेशम मार्ग"को विकास भएको कुरालाई प्रमाणित गरेका छन। तिनताका "रेशम मार्ग" बाट दक्षिणतिर जाने हालको अफगानिस्तान, उज्बेकिस्तान, इरान र सबैभन्दा टाढा इजिप्टको अलेक्जान्ड्रिया पुग्न सकिन्थ्यो भने अर्को बाटो भएर पाकिस्तान र अफगानिस्तानको काबुल हुँदै पर्सियाको खाडीसम्म पुग्न सकिन्थ्यो। काबुलबाट दक्षिणतिर लाग्दा हालको पाकिस्तानको कराँची पुग्न सकिन्थ्यो भने कराँचीबाट समुद्री मार्गबाट पर्सिया र रोम आदि ठाउँहरुमा पनि पुग्न सकिन्थ्यो।

चीनको प्राचीन "रेशम मार्ग"

इशापूर्व दोस्रो शताव्दीदेखि सन दोस्रो शताव्दीसम्म "रेशम मार्ग"को पश्चिमदेखि पूर्वसम्म चारवटा महान साम्राज्यहरु थिए। ती साम्राज्यहरुमा यूरोपको रोम, पश्चिमी एशियाको पर्सिया (प्राचीन इरानको दास-प्रथामा आधारित मुलुक), मध्य एशियाको कुशान (मध्य एशिया र भारतको पूर्वी भागमा शासन गरेको साम्राज्य) र पूर्वी एशियाको चीनको हान वंश थिए। "रेशम मार्ग" को उत्पति भएबाट ती प्राचीन सभ्यताहरु बीच प्रत्यक्ष आदान-प्रदान सम्भव भयो र विविध स्थानका सभ्यता बीच पारस्परिक प्रभाव पनि पर्नगयो। त्यसपछि कुनै एक किसिमको सभ्यता एकलै रुपमा विकसित हुँदैनथ्यो।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान