नेपाली भाषा

कोरियाली जातीय चिकित्सा

   

कोरियाली जातीय औषधीको लामो इतिहास छ। अझ विशेष गरी सन् 1949 पछि व्यापक रुपमा जातीय चिकित्सा र औषधीको खनन-दोहन, व्यवस्थापन तथा अनुसन्धान कार्य गरिंदैआएको छ। जस्तो कि कुखुराको मासुसँग बलुन फूलको जरा पकाएर खाँदा स्त्री रोगहरुमध्येको निरन्तर रक्त-श्रावको उपचार गरिन्छ। तितेपातीको पात तताएर तयार पारिएको मलम सेवनबाट स्त्री रोगमध्येको जोर्नीहरु सुनिने रोगको उपचार गरिन्छ साथै यो कलेजोका लागि पनि फाइदाजनक छ। तितुपातीका जराबाट बनाइने जाँड खाँदा बाथ रोगको उपचार हुन्छ र त्यसको भाले फूलबाट बनाइने जाँड एस्साइट्स भनिने रोगको उपचारका लागि प्रयोग गरिन्छ। यस्ता औषधीहरुले कोरियाली जातीय औषधीका अधिकांश ठाउँ ओगटेका छन्। यसका अतिरिक्त, लोक दुनियाँमा प्रचलित धेरै औषधीहरु पनि छन्। जस्तो कि पेउसेडानियम भनिने वैजनी रंगको फूल फुल्ने एक प्रकारको फूलको जराको प्रयोग गरी कपाललाई कालो बनाउने काम गरिन्छ। साथै यसबाट कमर दुख्ने रोगको पनि उपचार गरिन्छ। साल्साइटको धूलोको प्रयोग गरी चोट लागेको घाउबाट हुने रक्त-श्रावलाई रोकिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान