नेपाली भाषा

तिब्बती चिकित्सा शास्त्र

   

तिब्बती चिकित्सा शास्त्रमा विशिष्ट उपचार पद्धति

वान्ता गराउने उपाय

औषधि खाएर वान्ता गराउने तरिका तिब्बती चिकित्सा शास्त्रको एक उपचार पद्धति हो। बढी खाना खाएर खानेकुरा पचाउन नसकी पाचनथैलीमा अपचको स्थिति देखा परेको, कुहिएको खानेकुरा वा विष भएको खानेकुरा खाएको, पेटमा भएको जुका मुखमा आएर फेरि पेटमा फर्केको अथवा कफ भएको स्थिति देखा परेकोमा वान्ता गराउने उपचार पद्धतिको प्रयोग गरेर राम्रो नतीजा हासिल गर्नसकिन्छ। तर यस किसिमको उसचार पद्धति कमजोर व्यक्ति, बुढाबूढी, गर्भावती महिला र केटा-केटीहरुका लागि उपयोगी छैन। यदि विखालु पदार्थ खाएर धेरै समय बितिसकेको खण्डमा पनि यस तरिकाको प्रयोग गर्न सकिंदैन। किनभने लामो समय भएपछि विखालु पदार्थ पेटमा रहदैन, पचिसकेको हुन्छ।

औषधि हालिएको पानीमा स्नान

‌ औषधि हालिएको पानीमा नुहाउनु नै तिब्बती चिकित्सा शास्त्रको एक प्राकृतिक उपचार पद्धति हो। सामान्यतया गन्धकयुक्त तातो पानी, बेनेटियम निहित ढुंगे पर्वतबाट निस्कने तातो पानी, चून पत्थरको पर्वतबाट निस्कने तातो पानीमा नुहाउनु केही रोगको उपचारका लागि निकै फाइदाजनक हुन्छ।

यस किसिमको पद्धतिद्बारा रोगको उपचार गर्दा पाँ‌च किसिमका तातो पानीमा नुहाएमा मांस-पिण्ड, मासी वा शरीरभित्रको तातोपन आदि किसिम-किसिमका तातोपन सम्बन्धी रोग निकै राम्रोसँग निको हुन्छन्। अर्को उपाय होः विभिन्न किसिमका जडीबुटीहरु मिलाएर पकाइएपछि कपडाको झोलामा हाली दुख्ने, खटिरा आउने ठाउँमा बाँध्नुपर्छ। यसले गर्दा रोग निको पार्न वा हल्का पार्न सकिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान