नेपाली भाषा

तिब्बती चिकित्सा शास्त्र

   

यी तीनवटा कारक तत्व मध्ये "लुंग"अर्थात वायु मानिसको शारीरिक क्रियाकलाप जारी राख्नका लागि एक प्रेरक शक्ति हो। त्यसको गुण चीनको हान् जातिको परम्परागत चिकित्सा शास्त्रमा भनिएको हावा वा वायु जस्तो छ। तर त्यसको अर्थ हान् जातिको परम्परागत चिकित्सा शास्त्रमा भनिएको हावा वा वायुभन्दा अरु विस्तृत रहेको छ। "ठ्र पा" भनेको पित्त वा ताप हो। ताप शक्ति उत्पन्न हुने, जीवको तापक्रम कायम राख्ने, पाचन थैलीको क्षमतालाई बढाउने, अनुहारमा चहक बढाउने, आँट बढाउने र बुद्धि बढाउने क्षमता यसको रहेको छ। "फै कन्" लाई हान् जातिको भाषामा अनुवाद गर्दा र्‍याल वा पानी हुनआउँछ। हान् जातिको चिकित्सा शास्त्र अनुसार यो तत्व मुखमा आउने र्‍याल वा थुक बराबर रहेको छ। यो तत्व र मानिसको जीवभित्रको विभिन्न तरल पदार्थका बीच अगाध सम्बन्ध कायमै राखिएको छ।

रोग उत्पन्न हुने शारीरिक कारणका सम्बन्धमा तिब्बती चिकित्सा शास्त्र अनुसार "लुंग ", "ठ्र पा", "फै कन् " गरी तीन किसिमका तत्वका बीच असन्तुलन देखापर्दछ। यसले गर्दा जीवभित्रको यथार्थ वायु विकृत भएर शारीरिक आरोग्यमा हानी पुग्दछ। तसर्थ रोगको उपचार गर्दा ती तीन किसिमका तत्वको जल्दो-बल्दो स्थिति र पतनशील स्थितिमा तारतम्य मिलाएर तिनलाई सन्तुलित पार्नुपर्छ।

शरीरलाई चिरफार गर्ने तथा शरीरको अवयव बारे

जातीय बानी-ब्यहोरा र रीतिरिवाजको कारणले तिब्बती जातिले शरीरलाई चिरफार गर्ने बारे र शरीरका विभिन्न अवयव बारे गहिरो जानकारी हासिल गरेको छ। तिब्बती चिकित्सा शास्त्र अनुसार मानिसको शरीरभित्रका अवयवलाई पाँच अवयवको एक समूह र छ अवयवको एक समूह गरी दुइ समूहमा विभाजित गरिएको छ। पाँच अवयवको समूहमा हृदय, कलेजो, फियो, फोक्सो र मिर्गौला समावेश छन् । छ अवयवको समूहमा बोसे आन्द्रा, सानो आन्द्रा, पाचन थैली, मूत्राशय, पित्त आदि अवयव समावेश छन्। प्राचीनकालमा तिब्बती चिकित्सा शास्त्रमा विभिन्न अवयवको क्षमता बारे बयान गर्दा उपमाका रुपमा गरिएको थियो। उदाहरण होः मुटुलाई सिंहासनमा बसेका राजाका रुपमा हेरिएको छ र त्यो मानिसको छातीको बीचैमा रहेको छ। त्यसपछि फोक्सोलाई भारादार र अधिराजकुमार जस्तै राजाका रुपमा हेरिएको छ र यो मुटुका वरिपरि रहेको छ। अनि कलेजो र फियो चाहिं राजाका रानी, उप-रानी जस्तै मुटुको तल्लो भागमा परे तापनि मुटु, कलेजो र फियोका बीच छुट्याउन नसक्ने सम्बन्ध रहेको छ। घरको निदानका रुपमा ठानिने मिर्गौलो नभएमा शरीरले पूर्णता पाउन सक्दैन। यसबाट प्राचीनकालको तिब्बती चिकित्सा शास्त्रमा मानिसको शरीर बारे वैज्ञानिक रुपमा केही जानकारी भएको देखिएको छ ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान