नेपाली भाषा

तिब्बती चिकित्सा शास्त्र

   

तिब्बती चिकित्सा शास्त्रको रुप-रेखा

तिब्बती चिकित्सा शास्त्र चीनको परम्परागत चिकित्सा शास्त्रको एक महत्वपूर्ण संगठनात्मक अंश हो भने त्यो तिब्बती जातिको प्रधानता रहेको अल्पसंख्यक जातिहरुले लामो समयसम्म व्यवहारिक औषधोपचारका क्रममा सिर्जना र विकास गरेको परम्परागत चिकित्सा शास्त्र हो। यो चिकित्सा शास्त्र तिब्बती जातिको बसोबास रहेको तिब्बत, छिंग हाई, स छुआन्, कान्सु आदि प्रान्त र स्वायत्त प्रदेशमा प्रचलित रहिआएको छ। यसका अतिरिक्त, दक्षिण एशियाको नेपाल, भारत आदि मुलुकमा पनि तिब्बती चिकित्सा प्रणाली प्रचलित रहिआएको छ।

तिब्बती चिकित्सा शास्त्र चीनको छिंग हाई-तिब्बत टारभूमिमा उत्पत्ति भएको हो। यसमा जातीय, सामाजिक र प्राकृतिक वातावरणको विशेषतालाई स्पष्ट रुपमा अभिव्यक्त गरिएको छ। छिंग हाई-तिब्बत टारभूमिमा निकै जाडो हुने भएकोले बाह्य सम्पर्कका लागि यातायातको निकै असुविधा छ। त्यसैले लामो समयसम्म तिब्बती चिकित्सा शास्त्रको विशेषतालाई जस्ताको त्यस्तै कायमै राखिरहन सकिएको हो। उदाहरणका लागि, त्यो टारभूमिमा जीवजन्तु र वनस्पतिको जात तुलनात्मक रुपमा दुर्लभ खालको भएका कारण तिब्बती ‌औषधि धेरैजसो अक्सिजन पातलो हुने उच्च क्षेत्रमा सप्रने जाडो खप्नसक्ने क्षमतायुक्त जीवजन्तु र वनस्पतिद्बारा प्रशोधित गरिएको हो।

तिब्बती चिकित्सा शास्त्रको मौलिक सिद्धान्त

लामो समयसम्मको उत्पादन, जीवन र व्यवहारका क्रममा तिब्बती चिकित्सा शास्त्रको विशिष्ट सैद्धान्तिक प्रणाली बनिसकेको छ। तीन कारक तत्व सम्बन्धी सिद्धान्तः

तिब्बती चिकित्सा शास्त्र अनुसार मानिसको शरीरमा "लुंग "अर्थात वायु, "ठ्र पा" अर्थात पित्त, "फै कन्" अर्थात नून गरी तीन वटा मुख्य कारक तत्व मौजुद रहेका छन्। यसका साथै खानेकुरामा भएको पोषण तत्व, रगत, मासु, बोसो, हाड, मासी, वीर्य आदि सात किसिमका मौलिक वस्तु पनि छन्। दिसा, पिसाब, पसिना गरी तीन किसिमका निस्सार तत्व पनि मानिसको शरीरमा मौजुद छन्। यी तीनवटा मुख्य कारक तत्वले सात किसिमका वस्तुका आधार तथा तीन किसिमका निस्सार तत्वको परिवर्तनलाई टेवा दिने गरेका छन्। सामान्य शारीरिक अवस्थामा उक्त तीन किसिमका वस्तुहरुका बीच एकले अर्कामाथि निर्भर र नियन्त्रण गर्दै सामन्जस्य र सन्तुलन कायम राख्ने गरेका छन्। ती तीन किसिमका वस्तुहरु मध्ये कुनै वस्तु केही कारणले गर्दा निकै जल्दोबल्दो वा ह्रासको अवस्थामा परेकोमा शरीरमा वायु विकार सम्बन्धी रोग, पित्त सम्बन्धी रोग र नून सम्बन्धी रोग पैदा हुने निकै सम्भावना हुन्छ। ती रोगको उपचार गर्दा उक्त तीन किसिमका वस्तुहरुलाई तारतम्य मिलाएर तिनलाई सामन्जस्यताको अवस्थामा पुर्‍याउनु पर्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान