नेपाली भाषा

चिनियाँ चिकित्सा-शास्त्रको इतिहास

   

चीनको परम्परागत चिकित्सा-शास्त्रमध्ये हान जातिको चिकित्सा-शास्त्रको इतिहास सबैभन्दा पूरानो र व्यावहारिक अनुभव एवम् सैद्धान्तिक सुझबुझले भरिपूर्ण रहेको मानिएको छ।

चिनियाँ चिकित्सा-शास्त्रको उत्पत्ति चीनको ह्वाङ-ह नदी आसपास क्षेत्रमा भएको थियो र निकै अघिदेखि नै आफ्नो विद्या-प्रणाली स्थापित भइसकेको थियो। चिनियाँ चिकित्सा-शास्त्रको दीर्घकालीन विकास-क्रममा सबै कालमा विविध सिर्जना भई धेरै सुविख्यात चिकित्सक देखापर्नुका साथै प्रशस्त महत्वपूर्ण विद्या-धारा तथा नामी ग्रन्थ पनि सार्वजनिक भएका छन।

तीन हजार वर्ष अघिको साङ राजवंशको राजधानी ईनको भग्नावशेषमा पाइएका जनावरका हाडमा अंकित अक्षरहरुबाट नै चीनको प्राचीन कालको स्वास्थ्य-उपचार तथा दशभन्दा बढी किसिमको रोग-व्याधी सम्बन्धी विवरण पढ्न पाइएको छ। चाउ राजवंशमा हेर्ने, सुँघ्ने, सोध्ने र नाडीमा छुनेजस्ता रोगको निदान गर्ने उपाय अनि औषधी खाने, आक्युपंचर गर्ने र चिरफार गर्ने जस्ता उपचार सम्बन्धी विधिको प्रयोग गरिसकिएको थियो। छिङ र हान राज वंशकालमा "ह्वाङ ति नै चि‌ग" जस्तो क्रमबद्ध सैद्धान्तिक ग्रन्थ तयार पारिएको थियो जुन अहिलेसम्म पढ्न पाइने चिनियाँ चिकित्सा-शास्त्र सम्बन्धी सैद्धान्तिक महत्वको पहिलो महाग्रन्थ मानिएको छ। चाङ चोङ चिङद्बारा रचित "शाङ हान चा पिङ ल्वन"नामको ग्रन्थमा खासगरी अनेक जटिल रोगको निदान र उपचारका तरिका बारे बयान गरिएको छ जसले गर्दा पछिल्लो कालको व्यवहारोपयोगी चिकित्सा-शास्त्रको विकासका लागि जग बसाल्ने काम गरिएको थियो। हान राज वंशताका शल्य-चिकित्सा शास्त्र उल्लेखनीय रुपमा उच्चस्तरमा पुगिसकेको थियो। "शान को च" भन्ने कृतिमा नामी चिनियाँ वैद्य ह्वा-थोले शरीरका पूर्णांगलाई निस्चेतन पार्ने "मा फो सान" भन्ने औषधी खुवाएर नाना थरिबाट शल्य चिकित्सा गर्न थालेको कुरा उल्लेख गरिएको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान