नेपाली भाषा

"च्यो च" नामक चीनको खाद्य-पदार्थ

   

च्यो च नामक खाद्य-पदार्थ चीनको सँस्कृतिको एक अभिन्न अङ्ग हो भन्दा अत्युक्ति हुँदैन। चीनको परम्परागत खाद्य-पदार्थका आधारमा यदि परीवारका सबै सदस्यहरुले सँगसँगै एउटै ठाउँमा बसेर खाएमा त्यसले परीवारका सबै सदस्यहरु भेला भइसकेको,भेला भइरहेको वा भेला हुनेभएको भन्ने अर्थ दिन्छ भने पाहुनाहरुलाई खुवाएमा त्यसले पाहुनाहरुको सम्मान र हार्दिक सत्कार गरेको अर्थ दिन्छ। यदि एकजना विदेशी मित्रले चीनमा आएर च्यो च नामक खाद्य-पदार्थ नखाएको खण्डमा अरु साथीहरुले चीनमा"बेकार भयो,बेकार भयो"भनेर अवश्यनै उनलाई जिस्काउँछन।

मोटामोटी रुपमा भन्ने हो भने चीनको च्यो च नेपालको ममचा जस्तै खाद्य-पदार्थ हो जसमा मैदाको पीठोभित्र मसलादार मासुको धूलो र सागपातका मसिना-मसिना टुक्रा मिसाएर बनाइएको लेदो हाली दुइ कुने आकारका स-साना डल्ला (चेप्टा च्याप्टा)पारी उमालिएको पानीमा पकाएर तयार पारिन्छ। पहिले-पहिले च्यो च मुख्य रुपमा कुनै चाडवाडका बेला तयार पारिने खाद्य-पदार्थ मात्र थियो। विशेष गरी, यहाँनिर बताउन नसकिने कुरा के हो भने, चिनियाँ पात्रो अनुसार, नयाँ वर्षको वसन्त चाड अर्थात् पूरानो वर्षको अन्तिम दिनको रातमा घर-परीवारका मानिसहरुले च्यो च नखाइनहुने खाद्य-पदार्थ थियो। चिनियाँहरुको परम्परागत चलन अनुसार, त्यसभित्र राख्ने चीजबीजदेखि,त्यसको आकार र खाने प्रक्रियासम्म नै आ-आफ्नो विशेषता थियो।

सर्वप्रथम,त्यसभित्र राख्नुपर्ने चीजबीचका बारेमा केही कुरा भनौं। त्यसभित्र राखिने चीजबीचहरुमा मुख्यतया मसलादार मासुको धूलो र सागपातका मसिना टुक्रा मिसाएर राख्ने,कुनैमा मसलादार मासुको लेदो मात्र राख्ने र कुनैमा सागपातका मसलादार मसिना टुक्रा मात्र राख्ने। त्यसभित्र राखिने चीजबीज तयार पार्ने तरिकामा मासु र सागपातलाई मसिनो हुनेगरी काट्नु सबैभन्दा महत्वपूर्ण कार्य मानिन्थ्यो। उक्त प्रक्रिया ठीक मात्रामा मिलाइएको मासु, सागपात र नाना किसिमका सहायक चीजबीजहरुलाई काठको फल्याकमा राखी चिनियाँ शैलीको छुरीद्बारा विस्तारै-विस्तारै काट्नु हो। काट्दाखेरी छुरी र फ्ल्याक बीच ठोक्दा आवाज आउँछ। छुरीको प्रहारको बलको आधारमा त्यसबाट निस्केको आवाज पनि फरक-फरक हुन्छ। छिन-छिनमा निस्केको आवाज सुमधुर गीतको लय जस्तै मीठो सुनिन्छ!छिमेकीहरुलाई त्यो सुनेर लोभ लाग्नसक्छ। त्यसै कारण मानिसहरुले आ-आफ्नो घरबाट निस्केको त्यस किसिमको आवाज सबैभन्दा ठूलो र सबैभन्दा लामो होस एवम् सबैभन्दा टाढासम्म पुग्नसकोस भन्ने चाहना गर्दैआएका छन्। चिनियाँ भाषामा मासुको उच्चारण र "छ"को उच्चारण एउटै छ भने सागपातको उच्चारण र सम्पत्तिको उच्चारण पनि मिलेको सुनिन्छ। यी दुइवटा शब्दलाई जोडेर बोल्दा घरमा"सम्पत्ति छ"को अर्थ आउँछ। मासु र सागपातलाई काट्ने समय लामो र काट्दाखेरी निस्कने आवाज ठूलो भएकोमा त्यसको अर्थ त्यो घर धनी छ भन्ने अर्थ लाग्छ। मासु र सागपात काट्न जति बढी समय लाग्छ,त्यति नै बढि च्यो च बनाउन सकिन्छ भन्ने कुरा वास्तविकता हो। यसबाट यस घरको जीवनस्तर राम्रो छ र यो परीवार अझै सम्पन्नतातिर लागेको संकेत मिल्दछ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान