नेपाली भाषा

चीनका तीनवटा महान चाडका लागि तयार गर्नुपर्ने खाद्य-पदार्थ

   

टुङ्ग छियौ चे चाडको बेलुकी पूर्ण गोलाकार चन्द्रमा भर्खरै उदाउँदा मानिसहरु उदाइरहेको चन्द्रमातिर युए पिङ्ग र नाना किसिमका फल-फूलहरु राखेर पूजा-आजा गर्नथाल्र्छन्। पूजा-आजा गर्ने क्रिया सकिएपछि परीवारका सबै सदस्यहरु एउटै ठाउँमा बसेर चन्द्रमाको दर्शन गर्दा-गर्दै युए पिङ्ग रोटी खाने गर्दछन्।

चीनका विभिन्न क्षेत्रहरुका युए पिङ्गको शैली र स्वाद पनि फरक-फरक छ। पैचिङ्गले प्रतिनिधित्व गरेको पैचिङ्ग शैलीको युए पिङ्ग रोटी,पूर्वी चीनमा पर्ने सु चाउ नगरले प्रतिनिधित्व गरेको सु चाउ शैलीको युए पिङ्ग रोटी, दक्षिणी चीनमा पर्ने क्वाङ्ग तुङ्ग प्रान्तको क्वाङ्ग शैलीको युए पिङ्ग रोटी र छाउ चाउ क्षेत्रको छाउ शैलीको युए पिङ्ग चीनभरिमै सबैभन्दा लोकप्रिय छन।

चिनियाँहरुको जीवनस्तरमा सुधार हुँदैआएको सन्दर्भमा युए पिङ्ग रोटीभित्र राखिने चीज-बीजहरुमा पनि परिवर्तन भएको देखिन्छ। परम्परागत चिनी, बयर,नरिवल, रातो दालका धूलो, सुकुटी मासु आदि बाहेक हाँसका नूनिलो अण्डाको पहेंलो भाग,फल-फूलका मसिना टुक्रा र काकाओसिहतको ध्यू पनि युए पिङ्ग रोटीभित्र राख्नेगरिन्छ।

युए पिङ्ग रोटी नाता-कुटुम्ब र इष्ट-मित्रहरुसित शिष्टाचार भेट गर्दा एक-अर्कालाई दिने-चढाउने कोसेली हो। "टुङ्ग छियौ चे" चाड आउनुअघि नाना किसिमका युए पिङ्ग रोटीले बजार टन्न भएको हुन्छ। यस कुराले मानिसहरुलाई "टुङ्ग छियौ चे"चाड छिटै आउन लागेको संकेत दिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान