नेपाली भाषा

चीनका तीनवटा महान चाडका लागि तयार गर्नुपर्ने खाद्य-पदार्थ

   

टुङ्ग च चाडमा खानुपर्ने खाद्य-पदार्थको इतिहास निकै लामो छ। लोक जातिमा चलिआएको सार्वजनिक भनाइ अनुसार, "तुआन ऊ चे" चाडमा टुङ्ग च खाने चलन प्राचीनकालका देशप्रेमी "छियु युआन" नामक एकजना महाकविको सम्झनामा शुरु भएको हो। कागज पत्रका अनुसार कवि छियु युआन इसा पूर्व तेस्रो शताव्दीमा "छु को" नामक एउटा राज्यमा बसोबास गर्थे। उनको मातृ-भूमिमाथि शत्रु-राज्यले आक्रमण गरी त्यसलाई आफ्नो नक्शामा गाभेपछि उनले साह्रै दुःखी भएर चिनियाँ पात्रो अनुसार पाँचौं महिनाको पाँचौं दिनमा"मि लो च्याङ्ग"नामक एउटा नदीमा हाम्फालेर मरेका थिए। पछि मानिसहरुले उनको सम्झनामा त्यस दिनलाई छियु युआनको स्मृति दिवशका रुपमा मनाउनथाले। मानिसहरुले उनको उच्च गुणको सम्मान गर्दै हरेक वर्षको पाँचौं महिनाको पाँचौं दिनमा प्वालभित्र चामल हालिएका टुक्रा-टुक्रा बाँसहरुलाई नदीमा बगाउँनथाले। अनि त्यसपछि अर्को किम्बदन्ती अनुसार, ती प्वालभित्र चामल हालिएका टुक्रा-टुक्रा बाँसहरु नदीमा बसोबास गरिरहेका ड्रयागनबाट चोरेर खाइदिए रे। ती ड्रयागनहरुलाई धम्की दिनका लागि त्यहाँका बासिन्दाहरुले ती टुक्रा-टुक्रा बाँसहरुलाई नीमका पातले ढाकिदिनुका साथै रंगीचंगी रेशमी धागोबाट तिनलाई बाँधिदिने गर्थे। उक्त किम्बदन्ती अनुसार, ड्रयागनहरु ती दुइवटा चीज देखेर डराउँथे। पछि विस्तारै-विस्तारै त्यस किसिमका बाँसहरुको सट्टामा"चुङ्ग च"नामक यस किसिमको खाद्य -दार्थ बनाउन थालियो।

टुङ्ग च, यो खाद्य-पदार्थ"तुआन ऊ चे"चाडमा खानुपर्ने खाने कुरा मात्र नभई चाडको बेलामा नाता-कुटुम्ब र इष्ट-मित्रहरुसित शिष्टाचार भेट गर्ने क्रममा मानिसहरुले एकले अर्कालाई कोसेलीका रुपमा चढाउनुपर्ने खाद्य-पदार्थ पनि हो।

चिनियाँ पात्रो अनुसार, आठौं महिनाको पन्ध्रौं दिनलाई टुङ्ग छियौ चे चाड भनिन्छ। यस दिनको रातमा चन्द्रमा सबैभन्दा बाटुलो र उज्यालो हुन्छ। यस्तो पूर्णिमा भएका कारण यस दिनलाई "थुआन युआन चे"चाड अर्थात् भेला हुने चाड भनिन्छ। सो रातमा चन्द्रमाको पूजा-आजा गर्न र त्यसको दर्शन गर्नका लागि"युए पिङ्ग" नामक एक विशेष किसिमको रोटी नभई नहुने खाद्य-पदार्थल हो। युए पिङ्ग नामक रोटी पूर्णिमाको चन्द्रमाको आकार जस्तै बनाइएको हुन्छ जसमा केही टुक्रा-टुक्रा चीज-बीजहरु राखिएका हुन्छ। साधारण रोटीको तुलनामा त्यो निकै फरक छ। यस किसिमको रोटीको बाहिरी भागमा पौराणिक कथामा भनिएअनुसार छाङ्ग अ नामकी एउटी देवी चन्द्रमातिर उडेर गएको चीत्र वा सम्पन्न वर्षको दृष्य वा दीर्घायुको कामना सम्बन्धी चीत्रहरु पनि कुँदिएको देखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान